सरकार परिवर्तनको हल्ला निराधार : अर्थमन्त्री पौडेल

रुपन्देही । सत्तारुढ नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार परिवर्तनको हल्ला निराधार भएको भन्दै भ्रमको पछि नलाग्न आग्रह गर्नुभएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–१ स्थित पर्रोहा परमेश्वर माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

सरकारलाई जनताले ५ वर्षका लागि चुनेको भन्दै मन्त्री पौडेलले बीचमा ढल्छ कि भन्ने आशंका नगर्न र अब कुनै पनि नामको अस्थिरता जनताले स्वीकार नगर्ने पनि बताउनुभयो ।

मन्त्री पौडेलले जनतासँग चुनावमा गरिएका प्रतिबद्धता पूरा गरेर छाड्ने बताउनुहुँदै भ्रमको खेती गर्नेहरुको पछि नलाग्न र यही सरकारले पाँच वर्षसम्म देश हाक्ने पनि बताउनुभयो । कुनै पनि हालतमा सरकार नढल्ने पनि उहाँले दावी गर्नुभयो ।


प्रकाशित | १० मंसिर २०७७, बुधबार १६:५३