ब्याडमिन्टनमा रशिलालाई कीर्तिमानी स्वर्ण

घोराही :  त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महिला एकलमा स्वर्ण पदक जितेकी छिन् । १४ बर्षकी रशिलाले हालै कृष्ण मोहन स्मृती राष्ट्रिय ब्याडमिन्टनमा पनि उपाधी हात पारेकी थिईन् । घोराहीस्थित कभर्डहलमा शनिबार रशिलाले आफ्नै क्लबका नङसल देवी तामाङलाई १९-२१, २१-१४ र २४(२२ ले पराजित गर्दै स्वर्ण जित्न सफल भईन् । आठौंमा स्वर्ण जित्दै च्याम्पियन बनेसंगै रशिला नेपाली ब्याडमिन्टनको ईतिहासमा राष्ट्रिय च्याम्पियन बन्ने सबैभन्दा कान्छी खेलाडी बनेको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार १८:५१