अदालतको फैसलालाई सम्मान गर्छौं : मन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने प्रतिक्रिया दिनुभएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषी कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा महासचिव समेत रहनुभएका मन्त्री पौडेलले अदालतको निर्णय स्वीकारेर अगाडी बढ्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हाम्रो हार भएपनि अदालतको निर्णयलाई सम्मान गर्छौं । कानुनी र संवैधानिक आधार मानेर सर्वोच्च अदालतले फैसला लिएको छ । सर्वोच्च अदालतलाई सधैँ सम्मान गर्दै आएका छौं । स्वतन्त्र न्यायालयमा विश्वास गर्ने राजनीतिक शक्ति हौं ।’

अदालतको फैसला अनुरुप नै अगाडि बढ्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारे पार्टीमा छलफल हुने बताउनुभयो ।


प्रकाशित | २३ फाल्गुन २०७७, आईतवार १६:३३