नेकपा कुनै पनि हालतमा फुट्दैन : वामदेव गौतम

दाङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी कुनै पनि हालतमा नफुट्ने ठोकुवा गर्नुभएको छ । ‘पार्टीभित्र अन्तविरोध कायम रहे पनि पार्टी कुनै पनि हालतमा फुट्दैन’, उपाध्यक्ष गौतमले भन्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाद्वारा आयोजित भेटघाट कार्यक्रममा बोल्नुहुँदै उपाध्यक्ष गौतमले भन्नुभयो, ‘मैले पार्टी एकतालाई जोड दिएको छु, पार्टी कुनै पनि हालतमा फुट्दैन ।’

पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी गराउँदै आफू कुनै पनि गुटमा नरहेको पनि बताउनुभयो । ‘म कुनै गुटमा छैन, म सधैँ गुटको विपक्षमा हुन्छु’, उहाँले भन्नुभयो ।


प्रकाशित | ६ मंसिर २०७७, शनिबार १७:०२