एनआरएनए अफ्रिकाको सहयोग अभियान जारी, पर्सागढीमा पनि अक्सिजन सिलिन्डर सहयोग

पर्सागढी, पर्सा । पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा रहेको पर्सागढी नगरपालिका वार्ड नम्बर ४ स्थित कोभिड अस्पताललाई एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहयोग अभियानले अक्सिजन सिलिन्डरहरु र स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण भएको छ । पर्सागढी नगर पालिकाका मेयर लोकनारायण यादबलाई हस्तान्तरण गरेको छ ।

उक्त सहयोग एनआरएनए अफ्रिकाका राष्ट्रिय समन्वय समितीहरुको तर्फबाट एनआरएनए नाइजेरियाका उपाध्यक्ष रोहित भाङ्गरले मेयर यादवलाई एक बिशेष समारोह बिच हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि मेयर लोकनारायण यादवले मधेशको ग्रामीण क्षेत्रका जनताहरुलाई एनआरएनएले सम्झेकोमा धन्यवाद ब्यक्त गर्नु भयो ।

कार्यक्रम पर्सागढी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष समशुद्दिन साह देवानको सभापतित्वमा समपन्न भएको थियो भने सो अवसरमा स्वास्थ शाखा प्रमुख योगेन्द्र पञ्जियार , डा. रन्जन सिंह , उमेश शाह , वार्ड सदस्य शेख फैयज , अच्छेलाल यादव , अनिलकुमार तिवारी , सरिता घिमिरे , र किर्ती अग्रवाल भाङ्गर लगायतको उपस्थिति रहेको थियो ।

एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाको संयोजनमा भएको सहयोगमा एनआरएनए कङ्गो अध्यक्ष अमृत क्षेत्री, जाम्बिया, तान्जिनिया र नाइजेरिया एनसीसीहरुको साथै अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाको आर्थिक सहयोग रहेको छ ।

एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियानले बारा, पर्सा  चितवन  इलाम, पुर्व नवलपरासी, पश्चिम नवलपरासी, गुल्मी, स्याङ्जा, पाल्पा, अछाम, कैलाली, मुगु र जुम्ला जिल्लाका विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री यस अघि हस्तान्तरण गरिसकेको छ भने बाजुरामा सहयोग पुग्ने क्रममा छ ।


प्रकाशित | ९ असार २०७८, बुधबार १८:०६