ताराको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहीन

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रु सहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् ।

तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । तारा एयरका अनुसार जहाज अझै सम्पर्कविहीन छ । प्रहरीका अनुसार घोरेपानी क्षेत्रसम्म सम्पर्कमा रहेको विमान एकाएक सञ्चार सम्पर्कविहीन बनेको थियो । खोजी कार्य जारी रहेको छ ।जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । जहाज ९ बजेर ५५ मिनेटमा उडेको थियो ।


प्रकाशित | १५ जेष्ठ २०७९, आईतवार ११:२६