चर्चित गायिका एलिनालाई बुढाको कचकच (भिडियोसहित)

काठमाडौं – अहिलेका चर्चित गायिका एलिना चौहानले आफुलाई बुढाको कचकच जहिल्यै भनी गुनासो गरेकी छिन् । तर वास्तविक जीवनमा नभई उनले गीतमा सो गुनासो गरेकी हुन् ।

‘अफिस भनी विहान उठी जान्छौ झोला बोकी
मध्ये राति आउँछौ घरमा जहिल्यै जाँड धोकी
लौन मलाई के दशा लायो
यही बुढाको कचकचले ज्यान खायो’

कला क्षेत्रमा राम्रो सम्भावना बोकेकी प्रतिभा मोडल सोफिया बज्राचार्यको प्रस्तुति ‘बुढीको कचकच’ गीतमा एलिनाले स्वर दिएकी हुन् । हालै सार्वजनिक भएको चर्चित निर्देशक आदित्य बुढाथोकीको निर्देशन रहेको ‘बुढीको कचकच’ गितको भिडियोमा पारिवारिक घर झगडाको विषय समेटिएको छ । भिडियोलाई निर्देशक बुढाथोकीले सहज अनि फरक ढंगमा उत्कृष्ट बनाउन खोजेका छन् ।

जीवनका अनवरत यात्रामा बुढाबुढी बीच सानातिना गल्ती अनि आइपर्ने महत्वकांक्षा अनि चुनौतीले श्रीमान श्रीमती बिच आउने तनावलाई भिडियोमा प्रष्ट्याउन खोजिएको छ ।

No description available.

सोफिया बज्राचार्यको प्रस्तुति ‘बुढीको कचकच ‘ मा सोफिया बज्राचार्यको साथमा राज बस्नेत अनि सुनिल जिम्बा, शसिशेखर बुढाथोकी, नवराज दाहाल, ममता घर्ती, अन्जु त्रिपाठी, मिस्रा काफ्ले, सुकदेव थपलिया, सावित्री राना मगर, सहदेव राभाट, दिनेश रानाभाट, प्रजुन रानाभाट, सदिच्छा गिरीको अभिनय रहेको छ ।

निकै नै चर्चामा रहेको गीतमा चर्चित गायिका एलिना चौहानलाई भरत भट्टले कर्णप्रिय स्वरले साथ दिएका छन् । सपना बानियाँ र भरत भट्टको शब्द रहेको गीतमा सपना बानियाँले संगीत भरेकि छिन् । केबी भण्डारीले संगित एरेन्ज गरेका छन् ।

No description available.

समाज र परिवार कसरी बिखण्डन तिर लम्कन सक्ने सानासाना कुरालाई समेटिएको भिडियोमा मुकेश हुमागाईको छायांकन, कविता तोलाङ्गीको श्रृङ्गार, पदम सुवेदीको सम्पादन रहेको भिडियोको कलर संयोजन मिलन विश्वकर्माको रहेको छ । भिडियोमा अमरकृष्ण चन्दको सह निर्देशन रहेको छ ।

No description available.

पर्यटकीय स्थल धुलिखेलको देविस्थान आसपासको रमणीय दृश्यलाई कैद गरिएको भिडियोमा सकारात्मक सोचले समस्या सरलीकरण गर्नुपर्छ भन्ने सन्देश दिन खोजिएको छ । श्रीमान श्रीमती दुबैले एकअर्कालाई बुझेर जीवन सार्थक बनाउनुपर्छ भन्ने भाव गीतमा प्रस्तुत गरिएको छ । गीतलाई ओएसआर डिजिटलले बजारमा ल्याएको हो ।


प्रकाशित | ५ मंसिर २०७७, शुक्रबार २०:४६