प्रतिनिधिसभा बैठक फागुन ४ गते बस्नेगरी स्थगित

काठमाडौं – भोलि फागुन २ गते सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक ४ गते बुधवार बस्नेगरी स्थगित भएको छ । प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्नेगरी बोलाइएको थियो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा सोमबार बस्ने भनिएको बैठक विशेष कारणले बस्न नसक्ने उल्लेख छ । प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक फागुन ४ गते बुधबार १ बजे बस्नेगरी समय निर्धारण गर्नु भएको पनि सूचनामा उल्लेख छ ।


प्रकाशित | १ फाल्गुन २०७८, आईतवार १३:२७