यस्तो छ रियलको अर्को सिजन बलियो हुने योजना

एजेन्सी: खराब अवस्थााबाट गुज्रिरहेको रियल मड्रिडले अर्को सिजन क्लब बलियो भएर प्रस्तुत हुने बाटो खोजिरहेको मड्रिडका डिफेन्डर भराने राफेलले बताएका छन् ।

उनले रियलका लागि यस सिजन खराब रहेता पनि अर्को सिजन क्लबले उत्कृष्ट नतिजा ल्याउनेमा आफु विश्वस्त रहेको बताए । यसका लागि क्लबमा व्यापक छलफल चल्दैछ ,उनले भने ।

म विश्वस्त छु । हामी अर्को सिजन बलियो हुनेछौं, भरानेले भने, केहि नयाँपन सहित हामी पुरानो लयमा फर्कन चाहन्छौं । उनले राम्रा खेलाडी भित्राउन रियलले भारी रकम खर्च गर्न लागेको पनि बताएका छन् ।

ला लिगामा रियल यस सिजनमा तेस्रो स्थानमा भएको थियो । रियल च्याम्पियन बार्सिलोनाभन्दा १९ अंकले पछि परेको थियो ।२५ वर्षीय विश्वकप विजेता फ्रान्सका डिफेन्डर भरानेले आफु रियल मै बस्ने बताएका छन् । म अझै रियालमा बस्न चाहन्छु, भरानेले भने ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १६:४४