मन्त्रिपरिषद् बैठकका यस्ता छन् महत्वपूर्ण निर्णयहरु (सूचीसहित )

काठमाडौँ । सरकारले कात्तिक २४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले बिहीबार आयोजीत नियमीत पत्रकार सम्मेलनका बीच सरकारका विभिन्न महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

सार्वजनीक निर्णयअनुसार सरकारले नेपालमै रासायनिक मल उत्पादन गर्ने उद्योग खोल्ने बिषयमा सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको जनाएको छ । मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले जानकारी दिनुभयो । मन्त्री गुरुङका अनुसार समितिमा उद्योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री घनश्याम भुसाल रहनुभएको छ ।

सरकारले यो वर्षका लागि तत्काल मल ल्याउने व्यवस्था गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएको मन्त्री गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रालयलाई टेन्डरबाट नभई जीटुजीका माध्यमबाट मल ल्याउन निर्देशन दिइएको हो ।

त्यस्तै, सरकारले पुस्तकमा लगाइएको कर पनि हटाउने, ७५३ स्थानीय तहमा रहेका युवा स्वरोजगार संयोजक मार्फत बेरोजगारहरुको तथ्याक संकलन गर्ने, कोरोना कोषमा मन्त्रीहरुको आधा तलव जम्मा गर्ने, सार्वजनिक खर्चमा मितब्यतिता गर्ने मापदण्ड स्वीकृत गर्ने, चिया निर्यातका लागि १७ करोड १५ लाख अमेरिकी डलर अनुदान स्वीकृत गर्ने, औद्योगिक ग्रामको प्रस्ताव स्वीकृत गर्ने, कोरोना खोपको प्रस्ताव तथा कार्ययोजना स्वीकृत, कोरोनाको उपचारका लागि अनुदान उपलव्ध गराउने आदेश संशोधनलगायतका निर्णय सार्वजनीक गरिएको हो ।


प्रकाशित | २७ कार्तिक २०७७, बिहीबार १९:५७