सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं: सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनीक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नु भएको हो ।

सार्वजनीक गरिएको नीति तथा कार्यक्रममा उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी अर्थतन्त्रलाई सबलीकरण गर्ने योजना रहेको छ ।

मन्त्री शर्माले अर्थतन्त्रको विकासका लागि कृषि, जलस्रोत र पर्यटनको विकासलाई प्राथमिकता दिने योजना रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“अर्थतन्त्रको विकासका लागि उत्पादन र उत्पादकत्वमा बृद्धि गर्दै लगिनेछ । यस्तै कृषि जलस्रोत र पर्यटन विकासलाई पनि प्राथमिकतामा राखिनेछ ।”

उहाँले सरकारी, सहकारी र निजी क्षेत्रको समन्वात्मक तथा क्रियाशीलतको आधारमा विकास आयोजनाहरु सञ्चालन गर्ने योजना पनि रहेको बताउनुभयो ।

विकास निर्माण कार्य गर्दा दुई पालिकामा जोडिएको काम प्रदेशले र दुई प्रदेशमा जोडिएको काम संघले गर्ने मान्यतालाई स्थापित गरिने छ ।

स्वदेशी लगानीलाई प्रोत्साहन गरी विदेशी लगानीलाई आकर्षक गर्ने गरी लगानीमैत्री वातावरण निर्माण गर्ने योजना समेत छ ।

करदातालाई प्रोत्साहित गदै कर छली, चोरी,पैठारी, हुण्डीजस्ता कारोबारको अन्त्य गरिने कार्यक्रममा उल्लेख छ ।

न्यूनतम साझा कायक्रम सार्वजनिक गर्दै उहाँले भन्नुभयो, विगतदेखि कर चुक्ता गर्न नसकेका ठूला उद्योग व्यवसायलाई करमा लगाइएको जरिवाना मिनाहा गरी बाँकी बक्यौता कर किस्ताबन्दीमा तिर्ने सुविधा उपलब्ध गराइनेछ ।


प्रकाशित | २३ चैत्र २०७९, बिहीबार १९:२१