मकवानपुरका तीन सवारी दुर्घटनामा ३ को मृत्यु, १२ घाइते

मकवानपुर : मकवानपुरमा भएको सवारी दुर्घटनाा ३ जनाको मृत्यु भएको । आइतबार राति भएको ३ वटा सवारी दुर्घटनामा ३ जनाको मुत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पुर्व पश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउपालिका ७ मा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्री अन्दाजी ६५ वर्षीय बृद्धलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यस्तै, पुर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिकाको खरङ्गामा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ४८६७ नम्बरको सुमो र को ३४ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक मोरङका ३१ वर्षीय रविन्द्र कुमार पोदारको घटनास्थलमै मृत्यु छ। सुमोमा सवार ११ जना र मोटरसाइकलमा सवार १ जना गरी १२ जना घाइते भएका छन्।

घाइतेमध्ये ९ जनाको हेटौँडास्थित चुरेहिल अस्पताल र ३ जनाको चितवन भरतपुरमा उपचार भइरहेको छ। उता, कान्तिलोकपथ अन्तर्गत मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा रोकिराखेको ना८ख ४३२६ नम्बरको टिपरसंग ना३२प १८४९ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गढीगाउँपालिका धरमपानीका अन्दाजी बर्ष ३५ को गोविन्द बोम्जनको मुत्यु भएको छ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १२:०२