तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन

काठमाडौं– संघीय संसदको सार्वजनिक सुनुवाइ समितिले तीन राजदूतको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । समितिले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित तीन राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

समितिको शुक्रबार बसेको बैठकले अमेरिकाका लागि प्रस्तावित पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित डा. निर्मलकुमार विश्वकर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदूतहरु उक्त पदका लागि योग्य देखिएकाले समितिले सर्वसम्मत अनुमोदन गरेको जानकारी गराउनुभयो ।

प्रस्ताव अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


प्रकाशित | २७ कार्तिक २०७७, बिहीबार १९:२९