रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन बैशाखभित्रै सञ्चालन

काठमाडौं : रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना आगामी वैशाखभित्रै सञ्चालनमा आउने भएको छ । अहिलेसम्म निर्माणाधीन पाइपलाइन परियोजनाको नेपालतर्फ कुल ३६ दशमलव २ किमीमध्ये नौ किलोमिटर पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य भागमा पाइपलाइन निर्माणको काम सम्पन्न भइसकेको छ । बाँकि नौ किलोमिटरको जङ्गल क्षेत्रमा पाइपलाइन बिछ्याउने काम काम धमाधम भइरहेकाले बैशाभित्र सञ्चालनमा आउने बताइएको छ ।

परियोजनाका इञ्जिनीयर शरदप्रसाद पौडेलका अनुसार गत माघ ३ गतेको मन्त्रिपरिषद्को बैठकले पाइपलाइन परियोजनामा पर्ने रुख हटाउनेसम्बन्धी निर्णय गरेसँगै अहिले सो क्षेत्रमा धमाधम रुख हटाउने काम भइरहेको छ। जङ्गल क्षेत्रमा डेढ किमी पाइपलाइन गाड्ने काम भइसकेको छ। उक्त क्षेत्रमा छ हजार ५६३ रुख काट्नुपर्ने हुन्छ। रुख कटान र पाइपलाइन बिछ्याउने काम एकसाथ अघि बढिरहेको बैशाशभित्रै काम सन्पन्न हुने विश्वास लिइएको छ ।


प्रकाशित | २० चैत्र २०७५, बुधबार १०:३४