संसद बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं – प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको हो ।

सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित गरिएको हो । 

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची राखिएकोमा १५ गतेसम्मका लागि स्थगित गरिएको हो । बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गर्दै आज शुक्रबार बोलाइएको थियो ।

 


प्रकाशित | १३ फाल्गुन २०७८, शुक्रबार १२:४३