चीनमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ

बेइजिङ : नेपाल बुझेका चिनियाँ सेलिब्रिटी तथा व्यवसायीहरूमाझ बेइजिङमा मंगलबार नेपाल भ्रमण वर्ष २०२० को भव्य शुभारम्भ गरिएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले गरेको शुभारम्भ कार्यक्रममा चिनियाँ चलचित्र कलाकारका साथै नेपाल भ्रमण गरेका चिनियाँ, पर्यटन व्यवसायी र पर्वतारोहीहरू पनि सहभागी थिए।

नेपाल भ्रमण वर्षका लागि चिनियाँ सद्भावनादूत स्वी छिङ,नेपालमा छायांकन गरिएको चिनियाँ चलचित्र‘तङ् फङ् लाइ’अर्थात्‘हावाभन्दा माथि’का कलाकारहरू,चिनियाँ प्रख्यात पर्यटन व्यवसाय सी-ट्रिप,चाइना एयरलान्स,हिमालय एयरलाइन्स लगायतबाट उपस्थित प्रतिनिधिहरूले नेपालका पर्यटकीयस्थल पुग्दाका अनुभव बाँडचुँड गरेका थिए।

चिनियाँ ट्वीटर मानिने वैपो सामाजिक सञ्जालमा करोडौं प्रशंसकद्वारा पछ्याइएकी अभिनेत्री स्वी छिङले पर्यटनदूत भएपछि भ्रमण गरेका नेपालका विभिन्न ठाउँको बारेमा बेलीविस्तार लगाइन्। बर्दिया राष्ट्रिय निकुञ्ज,पोखरा,लुम्बिनी,चितवन लगायतका स्थानमा आफूले भ्रमण गर्दाको सन्दर्भ र पर्यटकीय महत्वबारे उनले प्रकाश पारिन्। उनले नेपालको अनुपम प्राकृतिक सौन्दर्य,सांस्कृतिक सम्पदा र बहुमूल्य विविधता हेर्न जान चिनियाँहरूलाई आग्रह पनि गरिन्। उनले भनिन्,‘नेपालीहरूकोआतिथ्य सत्कारबाट निकै प्रभावित भएँ। नेपाल निकै मायालु मान्छेहरू बस्ने देश रहेछ।’

कार्यक्रममा सन् २०१३ मा प्रमुख पर्यटकीय गन्तव्यहरू पोखरा,चितवन,काठमाडौं लगायत क्षेत्रमा छायांकन गरिएको‘तङ फङ लाइ’चलचित्रका तर्फबाट कलाकारसुआङ फङले पनि नेपाल घुम्नैपर्ने कारणबारे तर्कहरू प्रस्तुत गरे। उनले भने,‘नेपालमा सुटिङ गर्दा निकैआकर्षक भूमि देखें।’त्यस्तै नेपाली मोहडाबाटसगरमाथा आरोहण गरेका पर्वतारोहीस्या पोयु र सुन यिछ्युआनलेपनिआरोहणका अनुभव सुनाउँदै हिमाली पर्यटनका लागि नेपाल अद्वितीयगन्तव्य रहेको सुनाए।‍

गत कात्तिकदेखि बेइजिङ(काठमाडौं सीधा हवाईउडान गरिरहेकोहिमालय एयरलाइन्स र एयर चाइनाले पनि नेपालको पर्यटन प्रवर्द्धन गर्ने खालकाप्रस्तुतिदिए भनेपर्यटन व्यवसाय सी(ट्रिपले पनिचिनियाँ पर्यटकलाईनेपाल घुमाउने योजना सुनायो।

वैदेशिकमित्रताका लागि बेइजिङ जनसंघकीकार्यकारी उपाध्यक्ष चाङ छिआन मानार्थ अतिथिरहेको कार्यक्रममाचीनका लागिनेपाली राजदूत लीलामणि पौड्यालले अद्वितीय प्रकृति,संस्कृति,साहसिक पर्यटनको अनुभूति लिन चिनियाँहरूलाईअनुरोध गरे। गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल भ्रमण गर्दा भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिएको सुनाउँदै राजदूत पौड्यालले भ्रमण वर्षका कारण नेपाल र चिनियाँबीचको जनस्तरीय सम्बन्ध अझै गहन हुने विश्वास प्रकट गरे।

त्यस्तै जनसंघकी उपाध्यक्ष चाङले चिनियाँ पर्यटकका लागि नेपाल उभारिँदै गरेको गन्तव्य बन्दै गएको बताउँदै भ्रमण वर्षले धेरै चिनियाँलाईनेपालको प्रचूर प्राकृतिक तथा सांस्कृतिक पर्यटनका लागि प्रेरित गर्ने बताइन्। उनले भनिन्,‘नेपालको पर्यटनको विकासमा चिनियाँ पर्यटकले सघाउनेछन्,चीनले पनि सघाउनेछ।’

नेपालले यसभ्रमण वर्षमाधेरैभन्दा धेरै चिनियाँपर्यटकलाईनेपाल भित्र्याउने प्रयास गरिरहेको छ। चिनियाँलाईआकर्षित गर्नेध्येयले चीनमा निरन्तर पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमआयोजना गरिएको बताउँदैनेपाली दूतावासका मिनिस्टर सुशील लम्साललेयस कार्यक्रममानेपालको पर्यटकीय महत्वबारे जानकारी प्रस्तुत गरेका थिए।

बेइजिङस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधिहरु तथा चीनका विभिन्न व्यवसायी कम्पनीहरु,चिनियाँ संचारमाध्यमहरू तथा काम वा अध्ययनका सिलसिलामा बेइजिङमा रहेका नेपालीहरूले पनि भ्रमण वर्षको शुभारम्भ कार्यक्रममा भाग लिएका थिए भने बेइजिङमा अध्ययनरत नेपाली विद्यार्थीहरूलेनेपालीमौलिकसांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरेका थिए।

क्वाङ्चौमा पनि भ्रमण वर्ष

कम्तीमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यका साथ शुरू भएको नेपाल भ्रमण वर्ष २०२० को कार्यक्रम चीनको व्यापारिक सहर क्वाङ्चौमा पनि मंगलबार नै गरिएको छ। त्यहाँस्थित नेपाली महावाणिज्य दूतावास र गैरआवासीय नेपाली संघ, चीनको सहकार्यमा भ्रमण वर्षको कार्यक्रम गरिएको हो। विभिन्न बाह्य मुलुकसँगको प्रत्यक्ष व्यापारिक सम्पर्क हुने क्वाङ्चौमा धेरैजसो विदेशीहरूको घनत्व रहने गरेको छ। चिनियाँ र अन्य देशका विदेशीहरूलाईसमेत लक्षित गरेर नेपालको पर्यटन प्रवर्द्धन गरिएको संघका महासचिव यमबहादुर क्षेत्रीले बताए। कान्तिपुर दैनीक


प्रकाशित | २३ पुष २०७६, बुधबार १९:०३