काठमाडौं – अमेरिकाबाट कांग्रेस नेता हरिबोल भण्डारीले काठमाडौं क्षेत्र नंं. ३ का प्रत्येक वडामा ७५ हजारका दरले विपन्नहरुलाई राहत, जोरपाटीको नयाँ बस्तीका १६ सामाजिक संस्थालाई ६६ थान अक्सिमिटर र १५ हजार सर्जिकल माक्स सहयोग उपलब्ध गराउनुभएको छ । भण्डारीले दसैं अघि कोरोना महामारीका कारण समस्यामा परेका प्रत्येक वडाका विपन्न वर्गलाई ७५ हजारको दरले वडा कार्यालयमार्फत सहयोग गर्नुभएको थियो ।

त्यस्तै, दोस्रो चरणमा जोरपाटीको नयाँ बस्तीका १६ सामाजिक संस्थालाई ६६ थान अक्सिमिटर उपलब्ध गराउनुभएको हो । भण्डारीद्धारा उपलब्ध सो सहयोग नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले हस्तान्तरण गर्नुभएको छ।

कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीले उपलब्ध गराएको ६६ थान अक्सिमिटर, १५ हजार सर्जिकल माक्स तरुण दल क्षेत्र नम्बर ३ मार्फत वितरण गरिएको हो ।

सो स्वास्थ्य सामग्री वितरण कार्यक्रममा तरुण दल काठमाडौं सभापति कृष्णजी खड्का, कांग्रेस महासमिति सदस्य विमल ठकुरी, एनआरएन आईसीसी क्षेत्रीय संयोजक मनोज गोर्खाली, प्रदेश सांसद छिरिंगदोर्जे लामा, मेयर सन्तोष चालिसे, तरुण नेता जयराम भण्डारीलगायतको सहभागिता थियो ।

प्रकाशित | २७ कार्तिक २०७७, बिहीबार ०७:४१