एमालेभित्र समानान्तर कमिटी बनाउने नेपाल पक्षको निर्णय

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टीमा गरेको हेरफेरलाई कडा रुपमा निन्दा गर्दै निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले ओलीले गरेको एकलौटी निर्णयको कडा रुपमा निन्दा गरेको हो ।

स्थायी कमिटी सदस्य रघुजी पन्तले बैठकले एकलौटी रुपमा गरेको फेरबदलको निर्णयलाई अस्वीकार गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । पार्टीको विधान विपरित एकतर्फी रुपमा गरिएको निर्णयको प्रतिवाद गर्ने निर्णय भएको पन्तको भनाइ छ ।

त्यस्तै, बैठकले नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय पनि गरेको छ । बैठकले शनिबार समानान्तर कमिटी जिल्लातहबाटै बनाउने निर्णय गरेको हो । राष्ट्रिय भेला चैत ४ गते गर्ने र समानान्तर कमिटीको घोषणा पनि सोही दिन नै गर्ने निर्णय भएको छ ।

आज बसेको एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल समूहले आकस्मिक बैठक राखेर सो निर्णय गरेको हो ।


प्रकाशित | २८ फाल्गुन २०७७, शुक्रबार २०:५६