नेकपाभित्रको झगडा पद, प्रतिष्ठा र भागबन्डाको हो, यो अनुचीत, अस्वभावीक र अनावश्यक : आनन्द पोखरेल

काठमाडौं – पूर्व पर्यटन मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता आनन्द प्रसाद पोखरेलले पार्टीभित्र देखिएको झगडा पद, प्रतिष्ठा र भागबन्डाको लागि भएकाले यो अनुचीत, अस्वभावीक र अनावश्यक रहेको बताउनुभएको छ । नेपालको सबैभन्दा ठूलो र शक्तीशाली कम्युनिष्ट पार्टीभित्र छलफल र बहश हुनु स्वभावीक भए पनि अहिलेको झगडा भने पद, प्रतिष्ठा र भागबन्डाको लागि भएकाले अनुचीत, अस्वभावीक र अनावश्यक रहेको बताउनुभएको हो ।

माउटेन टेलिभिजनमा पत्रकार चन्द्र बानीयाँसँगको अन्तर्वार्ताको क्रममा नेता पोखरेलले पार्टीभित्र भइरहेको झगडालाई कार्यकर्ताले अनौठो मानेको बताउनुभयो । पार्टीभित्र विचार र सिद्धान्तको बहश हुन आवश्यक भएपनि माक्र्सवादी पार्टीभित्र ब्यक्तीवादी सोच हावी हुनु र प्रवृत्ति देखा पर्नु दुखद भएको बताउनुभयो ।

कम्युनिष्ट पार्टी लेनदेनको आधारमा चल्न नसक्ने बताउँदै नेता पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै अब तेस्रो अर्थात युवा पुस्ताले नेतृत्व गर्नुपर्ने बताउनुभयो । ‘कुनै परिवारलाई माथि उठाउन परिवर्तन भएको होइन, तर पार्टीभित्र विचारको लागि नभई पद, प्रतिष्ठा र भागभन्डाको लागि झगडा हुनु खेदजनक छ’, नेता पोखरेलले भन्नुभयो ।

नेता पोखरेलले पार्टीका प्रवक्ताले अध्यक्ष केपी शर्मा ओलीलाई बदनाम गराउने काम गरेको बताउनुभयो । पार्टीको प्रचार विभाग प्रमुखले पार्टी अध्यक्षलाई बदनाम गर्नु र पार्टी निर्णय नभएका र आफू अनुकुल तथा स्वार्थका विषय मात्र बाहिर ल्याउनु गलत भएको टिप्पणी गर्नुभयो । पार्टीलाई घेराबन्दीमा पारेर हारेका केहि विवादास्पद ब्यक्तीलाई संसद सदस्य बनाउनु परेको पनि नेता पोखरेलले बताउनुभयो ।


प्रकाशित | २४ कार्तिक २०७७, सोमबार ११:३४