एनआरएनए सचिव गौरी जोशीद्धारा विद्यालयलाई लाखौ रकम वरावरको आइसिटीका सामानहरु वितरण

काठमाडौं : गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका नव निर्बातित सचिव एवंम् आमा फाउण्डेसनका अध्यक्ष गौरीराज जोशीले काठमाडौंको एक विद्यालयलाई लाखौ रकम वरावरको आइसिटीको सामानहरु सहयोग प्रदान गर्नुभएको छ । सचिव जोशीको एकल सहयोगमा काठमाण्डौको कागेश्वरी नगरपालिका स्थित बाल बिकास माध्यमिक बिधालय, आलापोटमा अध्ययनरत बालबालिकाको शिक्षा स्तर उन्नतिका लागि १२ थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान प्रोजेक्टर बितरण गर्नुभएको हो ।

आज विद्यालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच एनआरएनए आइसिसी सल्लाहकार हरिबोल भण्डारीले जोशीद्धारा उपलब्ध गराईएको शैक्षीक सामाग्री विद्यालयलाई हस्तान्तरण गर्नुभयो । सहयोग हस्तान्तरण गर्नुहुँदै सल्लाहकार भण्डारीले विद्यालयको शैक्षीक क्षेत्रमा जोशीले पुर्याउनु भएको सहयोगको प्रशंसा गर्दै नेपालको शैक्षीय क्षेत्रको उन्नतीमा जोशीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।


सोही अवसरमा आयोजीत कार्यक्रममा बोल्नुहुँदै प्रदेश ३ का प्रदेश सभा सदस्य रामेश्वर फुयाँले विद्यालयको भौतीक पूर्वाधार विकास हुँदै गएकोमा खुसी ब्यक्त गर्दै अमेरिका निवासी जोशीलाई यस्तै थप सहयोग गरि शैक्षीक क्षेत्रलाई थप टेवा पुर्याउन आग्रह गर्नुभयो ।


कागेश्वरी नगरपालिका २ वडाका वडाध्यक्ष सुदर्शन धिमालले विद्यालयको आवश्यकताअनुसार सहयोग गर्नुहुने जोशीलगायतमा धन्यवाद ज्ञापन गनुृभयो । कार्यक्रममा विभन्न रजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा शैक्षीक क्षेत्रका प्राज्ञीक ब्यक्तीहरुको सहभागिता थियो ।


प्रकाशित | १३ मंसिर २०७६, शुक्रबार १६:०३