वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपतिमा निर्वाचित, उपराष्ट्रपतिमा कमला ह्यारिस

न्यूयोर्क – जोसेफ रोविनेट वाइडेन अमेरिकको ४६ औँ राष्ट्रपति निर्वाचित हुनुभएको छ । साथै उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित हुनुभएको छ । ह्यारिस अमेरिकी इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुनुुहुन्छ ।

आगामीज जनवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा उहाँले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्नुहुनेछ । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनुहुनेछ । वाराक ओबामाको कार्यकालमा उहाँ उपराष्ट्रपति हुनुहुन्थ्यो ।

मत परिणाम अनुसार, ७८ वर्षीय वाइडेन २७३ इलेक्टोरल मत पाएर राष्ट्रपतिमा विजयी हुनुभएको हो । अमेरिकी राष्ट्रपतिय निर्वाचनको परिणाम अनुसार, उहाँले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये २७३ मत पाउनुभयो । राष्ट्रपति ट्रम्पले भने हालसम्म २१४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ ।


प्रकाशित | २३ कार्तिक २०७७, आईतवार ०६:३९