श्रीलंकामा सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइयो

श्रीलंका: श्रीलंका सामाजिक सञ्जाल नेटवर्क फेसबुक, ह्वाट्सएप र सन्देश पठाउन मिल्ने विभिन्न एपमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । त्यहाँको सरकारले इस्टर पर्वमा भएको सिलसिलाबद्ध बम विस्फोटपछि मस्जिद र मुस्लिम समुदायले सञ्चालन गर्दै आएका पसलमा पनि आक्रमण भएको थियो । देशमा फेरि हिंसा नफैलियोस् भनेर सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइएको श्रींलकाली अधिकारीले जनाएका छन् ।

फेसबुकमा सुरु भएको एक विवादलाई लिएर आइतबार एक व्यक्तिमाथि कुटपिट गरिएको थियो, दर्जनौं व्यक्तिले मस्जिद र मुस्लिम समुदायले सञ्चालन गरेको स्टोरमा ढुंगा प्रहार गरे’, एक स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले भनेको छ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १४:३८