नेपालमा एकैदिन थपिए ३३४ जना कोरोना संक्रमीत

काठमाडौ: नेपालमा एकै दिन ३३४ जना कोरोना संक्रमीत थपीएका छन् । पछिल्लो २४ घन्टामा गरिएको कोरोना परीक्षणको क्रममा थप ३३४ जना कोरोना संक्रमीत थपिएका हुन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ३१९ जना पुरुष र १५ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका ३३४ सहित नेपालमा संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिनभुयो ।


प्रकाशित | २२ जेष्ठ २०७७, बिहीबार १६:४१