मूलपानी मैदानमा हुने ‘एसिसी प्रिमियर कप’ निशूल्क हेर्न पाइने, सहभागिताका लागि मेयर कार्कीको आह्वान

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ मा अवस्थित मुलपानी क्रिकेट मैदानमा हुने एसिसी प्रिमियर कप निशुल्क रुपमा हेर्न पाइने भएको छ । पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागिरहेको मुलपानी मैदानमा दर्शकले निशुल्क रुपमा हेर्न पाउने भएका हुन् ।

कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीको पहलमा सबै प्रतियोगिता निशुल्क हेर्न पाइने ब्यवस्था मिलाइएको हो । प्रतियोगिता हुन २ साता मात्रै बाँकी रहदाँ रंगशालाको निर्माण कार्य पनि तिब्र गतिमा भइरहेको छ । मुलपानी रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिता संचालन गर्न सफल मेयर कार्कीले प्रतियोगितामा सहभागिताका लागि सबैमा आह्रवान पनि गर्नु भयो ।

एसिसी प्रिमियर कप वैशाख ५ देखि १८ गतेसम्म हुँनेछ । प्रतियोगितामा १० देशले प्रतिस्पर्धा गर्नेछन् । नेपालले मुलपानी क्रिकेट रंगशालामा साउदी अरेवियासँग वैशाख ११ गते खेल्नेछ भने बाँकी तीन खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । मूलपानी क्रिकेट मैदानमा अन्तरािष्टय प्रतियोगिता हेर्ने सपना लामो समयपछि पूरा हुन लागेको भन्दै मेयर कार्कीले खुशी व्यक्त गर्नु भयो ।
क्यानसँग सहकार्य गरेर मैदान ब्यवस्थापनको काम अघि बढिहेको बताउँदै मेयर कार्कीले अझ सक्रियताका साथ अघि बढ्ने उल्लेख गर्नु भयो ।

मुलपानीमा करिब ३ सय रोपनी क्षेत्रफलमा अत्याधुनिक क्रिकेट रंगशाला बनाउने कार्य जारी छ । रंगशालाको माथिल्लो मैदानमा प्रतियोगिता हुनेछ । यतिबेला मुलपानी मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन धमाधम निर्माण तथा मर्मत कार्यहरु भइरहेका छन् । मैदानसँगै बाहिर बार लगाउने, पार्किङ स्थल, शौचालय, ड्रेसिङ रुम लगायतको निर्माण कार्य धमाधम भईरहेको छ ।

प्रिमियर कपको समूह ‘ए’ मा ओमान, कतार, मलेसिया र साउदीअरब छन् भने समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।दुवै समूहका शिर्ष दुई टीमले सेमिफाइनल खेल्नेछन् ।

प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एशिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउनेछ भने शीर्ष तीन टीमले जुलाईमा आयोजना हुने ‘एसीसी इमर्जिङ टिम्स’ एसिया कप खेल्न पाउनेछन् ।


प्रकाशित | २२ चैत्र २०७९, बुधबार २१:४५