प्रचण्ड र माधव नेपालको ‘प्रेम’ फिल्मको जस्तै ‘नक्कली’: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताउनु भएको छ ।
प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो गन्तव्य प्रष्ट भएको बताउनु भएको हो ।

प्रचण्ड र माधव समूहले जनतालाई अनेक हाउभाउ गरेर सिनेमा देखाइरहेको ओलीले टिप्पणी गर्नु भयो । ‘सिनेमा भनेको हिरो हुन्छ, हिरोइन हुन्छ । लभ परेको हुन्छ धुमधाम । हिरोइनी घाइते हुन्छ, हिरो ब्याकुल हुन्छ । रुन्छ । वास्तवमा केही पनि होइन,’ ओलीले थप्नु भयो, ‘सबै तमासा हो । केही मान्छेहरु सिनेमा देखाउन, नाटक देखाउन आउँछन् । रुन्छन्, झुक्याउँछन् जनतालाई । हामीले त्यस्ता तत्वहरुबाट सजग गराउनुपर्छ ।’

फिल्ममा हिरो र हिरोइन हुने र तिनीहरुबीच प्रेम, पीडा देखाइने बताउँदै ओलीले वास्तवमा त्यस्तो केही नहुने बताउनु भयो । समाजका रहेका विभिन्न व्यक्तिहरुले आफ्नो स्वार्थका लागि हाउभाउ देखाउने उहाँको भनाई थियो ।
प्रधानमन्त्री ओलीले केहि व्यक्तिहरु नाटक देखाउने, रुने र जनतालाई झुक्याउने काममा लागेको उल्लेख गर्नु भयो । उहाँले त्यस्ता व्यक्तिबाट जोगिन जनतालाई आग्रह समेत गनुर्् भयो । प्रचण्ड नेपालले जनतालाई भ्रममा राख्न तल्लीन भएको उहाँले आरोप लगाउनु भयो ।


प्रकाशित | ८ माघ २०७७, बिहीबार १५:२८