मेस्सी र पिकेको गोलमा बार्सिलोनाको जित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा कप्तान लियोनल मेस्सीले पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बनाए ।

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको तेस्रो खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा कप्तान लियोनल मेस्सीले पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६५ औं मिनेटमा पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बनाए । त्यसपछि खेलको ७५ औं मिनेटमा भिक्टरले एक गोल फर्काएपनि बार्सिलोना २-१ ले बिजयी भयो ।

जितसँगै समूह ‘जी’ को बार्सिलोनाले समूह चरणमा लगातार तेस्रो जित निकालेको छ । बार्सिलोनाले ३ खेलमा ९ अंक जोडेको छ । बार्सिलोना समूहको शीर्ष स्थानमा यथावत रहेको छ ।
३ खेलमा १ अंक जोडेको किभ तेस्रो स्थानमा रहेको छ ।


प्रकाशित | २० कार्तिक २०७७, बिहीबार ०८:२३