यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाण्डौ: हिजो बदली गराएको चक्रवात फणी र पश्चिमी न्यूनचापीय क्षेत्र कमजोर हुँदै गएकाले उपत्यकामा घाम लागेको छ भने पूर्व र पश्चिमको मौसम सामान्यता बदली भई केही ठाउँमा पानी परिरहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा असर पारेको चक्रवात फणी कमजोर हुँदै गएकाले आज बेलुकीपछि पूर्वको मौसम पनि खुल्दै जानेछ ।

तर फणीकै प्रभावले दिउँसो पूर्वमा मेघगर्जन र हुरीबताससहित केही ठाउँमा पानी पर्ने सम्भावना छ । यस्तै पश्चिमी वायुको प्रभावले पश्चिमको मौसम एकैछिन खुल्दै बदली हुनेछ । प्रिमनसुन भएकाले हुरीबतास र चट्याङ परे पनि हिजोअस्तिको जस्तो तीव्र गतिको हुरीबतास र चट्याङ भने नपर्ने उहाँको अनुमान छ ।


प्रकाशित | २१ बैशाख २०७६, शनिबार ०९:२२