एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणना जारी रहँदा राष्ट्रपतीय चुनावका विषयमा आफू सर्वोच्च अदालत जाने बताएका छन्। ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले आफू सर्वोच्च अदालत जान लागेको बताएका हुन्।
ट्रम्पले भनेका छन्, ‘हामी एक ठूलो जितको तयारी गरिरहेका थियौँ र अचानक यस्तो खबर सुन्न पुग्यौँ, केही निकै दुखी व्यक्तिहरुको एक समूह छ, जो मानिसहरुको मताधिकारसँग खेलवाड गरिरहेका छन् । यो हाम्रो देशको लागि लाजमर्दो कुरा हो, चुनाव परिणामसँग लड्नको लागि सर्वोच्च अदालत जाने तयारीमा छौँ ।’
अहिले मतगणना भइरहँदा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
प्रकाशित | १९ कार्तिक २०७७, बुधबार १४:१३