नेपालमा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण,८२३ जना डिस्चार्ज

काठमाडौं : नेपालमा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थप ८२३ जना निको भएका छन्। हालसम्म ४८ हजार ०६१ जना निको भएका छन् ।

पछिल्लो २४ घन्टामा ११ हजार १ सय ५४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ७ हजार १७१ जना रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ९४९ जना रहेका छन् ।

त्यसैगरी संस्थागत आइसोलेशनमा ९ हजार १९३ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार १४२ जना रहेको छ ।

हाल भेन्टिलेटरमा ३७ जना संक्रमित रहेको बताएको छ । त्यसैगरी आईसीयूमा २२३ जना संक्रमितले उपचार गराइरहेका छन् ।

नेपालमा थप २ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ४२९ जनाको मृत्यु पुष्टि भएको छ


प्रकाशित | ६ आश्विन २०७७, मंगलवार १६:३८