कांग्रेसले भोली ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा भोली देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन तथा सभाको आयोजना गर्ने भएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएसँगै पुस ७ गते बसेको केन्द्रीय समितिको बैठकले पहिलो चरणको आन्दोलनस्वरुप पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।

पार्टीको पुस १९ गते बसेको बैठकले भोली २५ गते देशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको हो ।

त्यस्तै माघ ३ गते शनिबार देशैभरीका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन एवं सभा तथा माघ ८ गते विहिबार देशैभरीका ७५३ पालिकाका ६,७४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

कांग्रेसले केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादप्, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतानित्रक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण कार्य रहेको ठहर गर्दै देशैभरी एकल नेतृत्वमा आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।


प्रकाशित | २४ पुष २०७७, शुक्रबार १५:०६