आजदेखि लामो दूरीमा साझा यातायात सञ्चालनमा, भाडा दोब्बर

काठमाडौं । आजदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालनमा ल्याउने भएको छ । दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि लामो दुरीका गाडी संचालन गर्न लागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

आजदेखि बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा गाडी चलाउन लागेको पाण्डेले जानकारी दिनुभयो । गाडीमा अनिवार्य सामाजिक दुरी र स्वास्थ्य सावधानी अपनाउनु पर्नेछ ।

आज साँझ ७ बजे बाग्लुङ जाने र सवा ७ बजे सुनौली जाने गाडी नयाँ बसपार्कबाट छुट्ने छ । यात्रुले साझाको कार्यालय हरिहरभवन, नयाँ बसपार्क वा ई–सेवाबाट टिकट काट्न सक्ने छन्। गाडीको भाडा भने नेपाल सरकारले तोकेअनुसार ५० प्रतिशत बढेको छ ।


प्रकाशित | ७ आश्विन २०७७, बुधबार ११:१०