सक्रिय एनआरएनए एनसिसी डेनमार्क, के -के भए नयाँ काम ? कस्ता छन् आगामी योजना ?

गैर आवासीय नेपाली संघ (एनआरएनए ) डेनमार्क यूरोपमा एक सक्रिय एनसिसी भित्र पर्छ । एनसिसी डेनमार्कमा ३१ अगष्ट २०१९ मा सम्म्पन्न निर्वाचनबाट रविन्द्र खडकाको अध्यक्षमा (२०१९ -०२१ ) दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचीत भयो । नयाँ कार्यसमिति निर्वाचित भई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद डेनमार्कको वर्तमान कार्य समिति सकृय रुपमा कार्यरत छ । संघको प्रारम्भमा १ सेप्टेम्बर २०१९ मा निर्वाचित कार्य समितिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको थियो। यस अवधिमा एनआरएनए डेनमार्कको तर्फबाट सम्पन्न गरिएका कामहरुलाई बुँदागत रुपमा निम्नानुसार प्रस्तुत गरिएको छ :-

. निर्वाचित सदस्य एवम् पदाधिकारीहरुको परिचयबाट शुरु भएको प्रथम बैठकले निवर्तमान कार्यसमिति तथा निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरिएको थियो।

. मिति ०६ सेप्टेम्बर २०१९ का दिन निवर्तमान कार्यसमिति बाट भू पू आई सि सि प्रतिनिधिहरु तथा भू पू अध्यक्षहरुको रोहवर मा बुझबुझारथ कार्य सम्पन्न भयो।

. मिति ०७ सेप्टेम्बर २०१९ का दिन नेपालको सगरमाथाको उचाई मापन गर्ने टोलीको कोपेनहेगन भ्रमणमा स्वागत गरियो।

. १२ सेप्टेम्बर २०१९ का दिन बसेको कार्य समितिको बैठकले एनआरएनए आइसिसीको नवौं अधिवेशनमा भाग लिन जाने डेलिगेट्सको नाम संकलन गर्ने निर्णय गरियो।

. २१ सेप्टेम्बर २०१९ का दिन यस गैर आवासीय नेपाली संघ डेनमार्क का स्थापना काल देखि हालसम्मका संपूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्य हरुका साथै आई सि सि प्रतिनिधिहरु बीच परिचय तथा “एनआरएनए डेनमार्क का चुनौती र कार्यदिशा “ बिषयमा अन्तर्क्रिया गरि सुझाव संकलन गरियो। जसबाट संपूर्ण एनआरएनए एनसिसि का भू पू अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुले सकारात्मक प्रतिक्रिया प्राप्त भयो ।

. २२ सेप्टेम्बर २०१९ का दिन यस गैर आवासीय नेपाली संघ डेनमार्कको एक मात्र क्षेत्रीय समिति (साउदर्न डेनमार्क ) का कार्यसमिति सँग ओडेन्स शहरमा परिचय तथा अन्तर्क्रिया कार्यक्रम गरियो।

. मिति ०५ अक्टोबर २०१९ का दिन गैर आवासीय नेपाली संघ डेनमार्क स्थित सबै राजनैतिक तथा सामाजिक संघ संस्था हरुको बैठक बाट सहयोग लिदै १८ अक्टोबर २०१९ मा नेपाल म्यूज़िक फ़ेस्टिवल डेनमार्क संगको सहकार्यमा दशैं तिहार सॉष्कृतिक कार्यक्रम सम्पन्न गरियो।

. एनआरएनए आइसिसीको नवौं अधिवेशनमा एनआरएनए डेनमार्क का ४५ जना प्रतिनिधिहरुले उत्साहजनक रुपमा भाग लिएका थिए।

. २४ अक्टोबर २०१९ का दिन बसेको बैठकले एनआरएनए डेनमार्क अन्तर्गत महिला फोरम तथा यूवा फोरम गठन गर्न तत् संयोजकहरुलाई जिम्मा दिएकोमा महिला फोरम बिस्तार भैसकेको तथा यूवा फोरम गठन भई सक्रिय रुपमा कार्यरत छ।

. २८ नोभेम्बर २०१९ का दिन बसेको राजनैतिक तथा सामाजिक संस्थाहरुको प्रतिनिधि सहितको बैठकले नेपालको अभिन्न भाग कालापानी, लिपुलेक तथा लिम्पियाधुराको अतिक्रमण को विरुद्ध मा डेनमार्क मा क्रियाशील नेपाली राजनैतिक तथा सामाजिक संघ(संस्था लगायत सबै पक्षको सहयोग मा ११ डिसेम्बर २०१९ मा भारतीय दुतावास , कोपेनहेगन अगाडी बिरोध प्रदर्शन गरियो।

११. डेनमार्कका अध्यागमन बिशेषज्ञ श्री ओगे कर्मको बिशेष उपस्थितिमा १९ जनवरी २०१९ का दिन गैर आवासीय नेपाली संघ डेनमार्कद्वारा अबिछिन्न रुपमा आयोजना गर्दै आएको डेनमार्कको अध्यागमन सम्बन्धि नया नियमहरुको बारेमा नेपाली समुदायलाई जानाकारी गराऊदै सम्पन्न गरिएको थियो ।

१२. डेनमार्कमा कृयाशिल नेपाली संघ संस्था तथा क्लवहरुद्वरा जस्तै ,,नेपाल भलिबल संघ , बेलाहोय क्लासिक , हिमालयन स्पोर्ट क्लव , अन्तराष्ट्रिय कलाकार समाज डेनमार्क , कृएयटिभ वुमन ईन डेनमार्कद्वरा आयोजित कार्यक्रमहरुलाई आर्थिक सहयोग गर्दै सकृय रुपमा उपस्थिति जानाईएको थियो।

१३. डेनमार्कका लागि नेपाली राजदुताबास तथा एन आर एन ए डेनमार्कको सयुक्त आयोजनामा १५, जनवरी २०२० मा भिजिट नेपाल २०२० कार्यक्रमलाई भब्य रुपमा सफल गराउन सहयोग गरिएको थियो।

१४. नेपालको ह्रासोन्मुख संस्कृतिलाई जगेर्ना गर्ने उदेश्यले हरेक बर्ष जनवरी १,तारिका दिन मनाउदै आएको टोपी दिवशलाई भब्य रुपमा सम्पन्न गरिएको थियो।

१५. फेब्ब्रुवरी १, २०२० का दिन नडिक देशहरु ९ नर्बे , डेनमार्क, स्वीडेन र फिनल्याण्ड० क्षेत्रमा कृयाशिल गैर आवशिय नेपाली संघले अभिछिन्न रुपमा आयोजना गर्दै आएको नोर्डिक क्षेत्रिय बैठकमा डेनमार्कको तर्फबाट गरिमामय उपस्थिति जनाउदै एैक्यबद्धता जनाएका थियौ।

१६. १५,फेब्रुवरी २०२० का दिन एन आर एन एन डेनमार्क युथ फोरुम र डैनमार्कमा कृयाशिल नेपाली बिज्ञहरुको संगठन नेपलिज साईन्टिफिक प्यानल द्वारा सम्युक्त रुपमा आयोजित नव आगन्तुक नेपाली बिद्यार्थीहरु संगको परिचयात्मक तथा अन्तरकृयात्मक कार्यक्रममा आबश्यक सहयोग तथा सकृय रुपमा सहभागी जनाइएको थियो ।

१७. १६ ,फेब्रुवरी २०२० का दिन गैर आवशिय नेपाली संघका युरोप क्षेत्रीय उपसंयोजक श्री शुक्रराज न्यौपानेज्युको प्रमुख आथित्यतामा गैर आवशिय नेपाली संघको महत्व तथा आबश्यकताको बिषयमा अन्तरकृया गोष्टि सम्पन्न गरेका थियौ।

१८. २३ फेब्रुवरी २०२० का दिन डेनमार्कमा कृयाशिल नेपाली पार्टीहरुका सुभेच्छुक संघ संस्थाहरुको सहभागिता र सरसल्लाहमा बार्षिक क्यालेण्डर निर्माण गरि प्रकाशित गर्ने कार्य सम्पन्न गरिएको थियो । जुन क्यालेन्डर हाल बितरणको अबस्थामा छ ।

१९. बिश्वभरी महामारीको रुपमा फौलिरहेको कोभिड( १९ को कारणले डेनमार्कलाई पनि प्रभाव पार्दै गर्दै डेनिस सरकारले गरेको लकडाउन र सोही कारणले नेपाली समुदायका सदश्यहरुको दैनिक काम र कर्तब्यबाट बन्चित रहनु पर्यो । सोही परिस्थितलाई एन आर एन ए डेनमार्कको तर्फबाट सहयोग गर्ने अभिप्रायले डेनमार्कमा कृयाशिल नेपाली राजनैतिक तथा सामाजिक तथा सुभेच्छुक संघ संस्थाहरुको प्रतिनिधिहरुको सहभागितामा एन आर एन ए डेनमार्कका अध्यक्ष श्री रबिन्द्र खड्काको अध्यक्षतामा एक प्रभावकारी स्टेरिंग समिति बनाई युवा संयोजक श्री शशि श्रेष्ठ को संयोजकत्वमा गठित टास्क फ़ोर्स मार्फत कोरोनाका कारण ले प्रभावित नव आगन्तुक बिद्दार्थीहरुलाई आर्थिक तथा दैनिक रुपमा उपभोग्य खाद्यान्न सहयोग गरिएको थियो । ( कोभिड रिपोर्ट सार्वजनिक गरि केन्द्रमा प्रेषित गरिसकिएको छ )

२०. महिला फोरम डेनमार्क को माध्यम बाट ३१ में २०२० मा बागलुंग को गलकोट नगरपालिका मा कोभिड १९ को संग लड्न स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो ।

२१. सुन्दर सुदुर पश्चिम समाज डेनमार्कले सुदुर पश्चिममा पिसिआर मेसीन खरिदको लागि गरेको आर्थिक संकलनमा एनसिसि का प्रत्येक पदाधिकारी तथा सदस्यहरुले सहयोग गरिएको थियो ।

२२. एनसिसि डेनमार्क को एक मात्र क्षेत्रीय समिति साउदर्न डेनमार्क कोपेनहेगन बाहिर ओडेन्स क्षेत्रमा क्रियाशील रहेको छ। क्षेत्रीय समितिले श्रमिक हरुको हितमा कार्य गर्ने लेवर यूनियन संग सहकार्य गरेर कामदारका हक़ हितका बारे जानाकारी गराएको थियो । साथै कानुनी परामर्शदाता ओगे क्रयाम्प बाट कानुनी परामर्श प्रदान गरिएको थियो ।

२३ . भर्चुअल रुपमा सम्पन्न एनआरएनए यूरोपको १३ औं क्षेत्रीय बैठकमा एनआरएनए डेनमार्कबाट एनआरएनए डेनमार्कको युवा संयोजक शसी श्रेष्ठको नेतृत्वमा रोशन सुवेदी, महेन्द्र खडका, मनीषा श्रेष्ठ, विमल सुवेदी, रवि लामिछाने, प्रतिक्षा सुवेदीले प्राविधिकतर्फ सहयोग गर्नुभएको थियो ।

( एनआरएनए यूरोप क्षेत्रीय बैठकमा प्रस्तुत सो प्रतिवेदनप्रति एनआरएनए यूरोप क्षेत्रीय संयोजक नारायण आचार्य, उपसंयोजक मुक्त गुरुङ र यूरोप क्षेत्रीय महिला संयोजक योगीता थापाले प्रंशसा समेत गर्नुभएको थियो ।)

आगामी कार्यक्रम

एनसिसि डेनमार्कको बॉकी एक बर्षको कार्यकालमा नियमित कामका अलावा निम्नानुसार कार्यक्रम पूरा गर्ने लक्ष्य राखेको छ :-

. २००९ मा स्थापना भएको एनआरएनए डेनमार्कको एक दशक भित्रको संपूर्ण कार्यसमितिहरुबाट भए गरेका कार्यहरु समेटेर एक स्मारिका निर्माण गरि प्रकाशन गरिनेछ ।

२. २०२१ मा डेनमार्कले आयोजना गर्न लागेको नर्डिक मिटिंगलाई प्रभावकारी बनाउन कार्यक्रम हरु ल्याईनेछ ।

३. यूथ फ़ोरम डेनमार्क को माध्यमबाट डेनमार्कका उद्यमीहरु बिच आवश्यक प्लेटफ़ॉर्म तयार गरि नयॉ नयॉ उद्दमी हरुलाई सहयोग गर्ने कार्यक्रम ल्याईनेछ ।


प्रकाशित | १८ कार्तिक २०७७, मंगलवार १२:३६