एनआईसी एशिया बैंकको टोखामा शाखा विस्तार

काठमाडौं: एन आई सी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं। ६, काठमाडौंस्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीबाट एक समारोहका बीच उक्त शाखा उद्घाटन भएको बेकले जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैकले दावी गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले शाखा विस्तारलाई तीब्र पार्दै आएको छ ।


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार १०:३७