राजु खप्तडी बस्नेत
एउटा प्रश्न यतिखेर संवेदनशील हुँदै गइरहेको छ।कसैले लेखेको शब्द, लेख या चित्रले कसैको धार्मिक आस्थामा चोट पुग्छ भने त्यसको लोकतान्त्रिक विरोध गर्ने हो की ?बैधानिक पथ तय गर्ने हो की?हिंसाको बाटो अपनाउने हो?यो प्रश्न अतिवादी धार्मिक कट्टरपन्थीहरुको लागि हो।फ्रान्समा भर्खरै शार्ली हेब्डो(Charlie Hebdo)ले प्रकासित गरेको प्रोफेट मुहम्मदको व्यङ्ग्य चित्रलाई लिएर एक जना भुगोल र इतिहासका शिक्षक( स्यामुएल पाती)ले अभिव्यक्ति स्वतन्त्रताको बारेमा शिक्षण गर्दा उनले ज्यान गुमाएका छन। त्यो पनि चेचेनियाबाट फ्रान्समा आएर शरण लिएका एक शरणार्थी-आतङ्ककारीले गरेका छन।
यो त्यही व्यङ्ग्य चित्र हो जुन आज भन्दा पाँच वर्ष अघि २०१५ मा जसको कारण यस छापाखानाको कार्यलयमा आतङ्ककारी हमला भएको थियो जस्मा १२ जना व्यक्तिको हत्या गरिएको थियो। Charlie Hebdo ले मात्र कार्टुन छापेकै कारण पटक पटक इस्लामिक आतङ्ककारीको आक्रमणमा परी ज्यानको मुल्य चुकाईरहेका छन।आखिर किन? यही प्रश्नको उत्तर खोज्ने क्रममा मैले विभिन्न शन्दर्भ सामाग्री र यसको इतिहास अध्ययन गर्न चाहेँ।
सन १९६० मा फ्रान्समा एउटा पत्रिकाको जन्म भयो जसको नाम थियो हाराकिरी हेब्डो( Hara Kiri Hebdo)। यो एउटा व्यङ्ग्य पत्रिका थियो।जापानिज भाषमा hara भनेको पेट र kiri भनेको काट्नु भन्ने छ ,hara kiri एक विशिष्ट किसिमको आत्महत्या हो।सब्दको उद्गम र अर्थले सिधासाधी जपान तिर पुर्याए पनि बाङ्गो र व्यङ्ग्य रुपमा यो फ्रान्समा व्यङ्ग्य पत्रिकाको छापाखानाको नाम थियो ।यसले सरकार, मन्त्री, कर्मचारी, न्यायधिस, चलचित्रकर्मि, चर्चित व्यक्तित्व लागयत सबैलाई व्यङ्ग्य गर्ने गर्दथ्यो। धार्मिक मान्यताहरु माथि पनि व्यङ्ग्य गर्ने गर्दथ्यो। यो कुनै एक धर्म मान्नेलाई मात्र नभएर ईसाइ, ईस्लाम, हिन्दू,जुदाइस लगायत सबैलाई नै व्यङ्ग्य गर्ने गर्दथ्यो। कहिले लेखहरु मार्फत त कहिले चित्र मार्फत सामाजिक विसंगति र कुरिति माथि व्यङ्ग्य हुन्थ्यो। यस अलावा यस पत्रिकाले प्रगतिशिल सामाजिक मुद्दाहरु माथि पनि लेख्ने छाप्ने काम गर्थ्यो।
हाराकिरी मात्र फ्रान्समा एउटा एकलौटी व्यङ्ग्य पत्रिका थिएन।फ्रेञ्च पत्रकारीतामा व्यङ्ग्यको परम्परा निकै पुरानो हो।व्यङ्ग्यकारीताको यो अभ्यास १७८९ मा भएको फ्रेञ्च क्रान्तिबाटै जोडिएको छ। उसबेला राजशाही र राजसदस्यहरु संग सम्बन्धित विवाद,स्क्यान्डलहरु माथि व्यङ्ग्य हुन्थ्यो।समयको बहावसगैँ फ्रेञ्च राजतन्त्र गयो,लोकतन्त्र आयो।यस संगै नया परिपाटी सुरु भयो।नयाँ संस्था,नयाँ राजनैतिक संगठन,नयाँ न्यायलय,नयाँ सामाजिक व्यवस्था संगै नयाँ व्यङ्ग्यका विषय र क्षेत्रहरुले पनि प्रवेश पाए।व्यङ्ग्यकारको निशानामा यिनै नयाँ सामाजिक विषयहरुले स्थान पाउँदै गए।
१९७० आएर हाराकिरी हेब्डोलाई प्रतिबन्ध लाग्यो। यसका दुई वटा कारण थिए।पहिलो थियो आगलागीको घटना। यस आगलागी घटनाको सञ्चार माध्यमहरुले देखाएको मिडिया कभरेज माथि हाराकिरी हेब्डोले खिल्ली उडाएर व्यङ्ग्य प्रस्तुत गरेको थियो। अर्को कारण थियो पुर्व राष्ट्रपति शार्ल द गोल को मृत्यु को सम्बन्धमा। शार्ल द गोल को मृत्यु बारेमा हाराकिरी ले आफ्नो प्रथम पृष्ठमा लेख्यो “Tragic dance at Colombes one dead”. Colombes उत्तरी फ्रान्सको क्षेत्र हो जहाँ Charles de Gaulle को घर थियो। यी दुई कुरालाई आपत्तिजनक मान्दै सरकारले Hara Kiri Hebdo माथी प्रतिबन्द लगायो।यस प्रतिबन्दबाट बच्न हाराकिरी हेब्डोले आफ्नो नाम बदल्यो।नयाँ नाम थियो “CHARLIE HEBDO”.नयाँ नामसंगै यस पत्रिका आफ्नो पुरानै कामलाई निरन्तरता दिन थाल्यो ।यो फ्रान्सको त्यो समय थियो जहाँ अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई गम्भीर रुपमा लिइने गरिन्थ्यो। अतः शार्ली हेब्डोलाई समय निकै उर्वर थियो तर सङ्सङ्गै एउटा समस्यासंग पनि हेब्डो सङ्घर्ष गरिरहेको थियो। त्यो थियो आर्थिक व्ययभार। यसको बिक्री निकै न्युन थियो जसको कारण घाटामा थियो। यसैकारण १९८१ मा यस छापाखानालाई बन्द गर्नु पर्यो।
सन १९९२ मा एघार बर्ष पछि फेरि यस हेब्डोको सञ्चालनमा सुरु भयो । यस बेला यसका सम्पादक थिए Philippe Val. उनि १९९२ देखि २००९ सम्म प्रमुख सम्पादक रुपमा रहे।उनकै कार्यकालमा अर्थात् २००६ मा शार्ली हेब्डोमा एउटा विवाद उत्पन्न भयो।यसको सम्बन्ध डेनमार्कको एउटा अखबार jyllands- Posten संग थियो।३० September २००५ यस डेनमार्कको दैनिक अखवारले १२ वटा व्यङ्ग्य चित्र छाप्यो। यसमा कुनै व्यङ्ग्य चित्र प्रोफेट मुहम्मदका पनि थिए।पैगम्बरको चित्र बनाउनु इस्लाममा संवेदनशील विषय मानिन्छ।अल्लाहको स्वरुपको कल्पना गर्नु आम मानिसको क्षमता भन्दा परको कुरा हो भन्ने मान्यता इस्लामले राखेको पाइन्छ। यदि कसैले अल्लाहको चित्र बनाउँछ भने त्यो उनिहरुको दृष्टिकोणमा अधर्मी या अपराध मानिन्छ। यही मान्यता पैगम्बरको कार्टूनसंग पनि जोडियो।यसको अलावा मुर्ति पूजालाई पनि हराम मान्दछन।यही कारण इस्लामिक कट्टरपन्थीलाई Jyllands-Posten मा छापिएको कार्टुनमा सबै भन्दा बडी आपत्ति kart masterguard ले बनाएको चित्रमा थियो।जहाँ एउटा दारीवाल मान्छेको टाउको गुथ्ने फेटामा बम राखिएको देखाइएको थियो। उक्त चित्र पैगम्बरकै हो भन्ने कुनै प्रमाणीक पनि थिएन।Kart स्वयंले पनि भनेका थिए की” यो दारी फेटा भएको मान्छे तलिवानी, जिहादी, कट्टरपन्थी कोही पनि हुन सक्छ।जरुरी छैन की आरोपीहरू ले आरोप लगाए जस्तै होस” ।जबकी पैगम्बर कस्ता छन ,कस्ता थिए यो कसैलाई थाहा छैन इस्लामीक मान्यता अनुसार । कसैले बनाएको चित्र लाई पैगम्बरकै हो भनेर हिंसामा उत्रिनु झनै हराम हैन र? हिन्दु धर्मको अभ्यासमा पो राम यस्ता,कृष्ण उस्ता ,शिवजी कस्ता,आदी मुर्ति चित्र बाट थाहा हुन्छ। दारी र फेटा नै पैगम्बर त हैन होला नी ?
म फेरि प्रसङ्ग तिर नि गए।यस कार्टुनले निकै विवाद भयो।अखबारको तर्फबाट स्पष्टीकरण आयो।स्पष्टीकरणमा भनिएको थियो यस कार्टुनले इस्लाम र कट्टरपन्थी जिहादी को बहसमा एउटा योगदान दिइएको छ नकी यो इस्लाम विरोधी हो। यसको सम्बन्ध शार्ली हेब्
म फेरि प्रसङ्ग तिर नि गए।यस कार्टुनले निकै विवाद भयो।अखबारको तर्फबाट स्पष्टीकरण आयो।स्पष्टीकरणमा भनिएको थियो यस कार्टुनले इस्लाम र कट्टरपन्थी जिहादी को बहसमा एउटा योगदान दिइएको छ नकी यो इस्लाम विरोधी हो।यसको सम्बन्ध शार्ली हेब्डो संग किन जोडियो भन्दा Jyllands Posten मा छापिएको उक्त कार्टुनलाई पुनः२००६ मा charile hebdo छापियो।यसको शिर्षक थियो “Mahomet débordé par les intégristes” (“Muhammad overwhelmed by fundamentalists”)”मुहम्मद भित्र कट्टरपन्थी हावी भए”।यसलाई लिएर अदालतमा मुद्दा पनि चल्यो ।अन्तत्वगत्वा हेब्डोले सफाइ पायो।सफाइमा उल्लेख थियो की यो व्यङ्ग्य चित्र ति जिहादी कट्टरपन्थी आतङ्ककारीहरुको लागि हो तर ईस्लामको विरुद्ध हैन। Charlie Hebdo ले ईसाई र यहुदी को पनि धार्मिक मान्यताको व्यङ्ग्य छाप्ने गरैकै थियो। यसले यहुदी विरोधी को आरोप पनि लागेकै थियो। कयौंलाई यसको गुनासो छँदै थियो तर पनि हेब्डोले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अभ्यास कायमै राख्यो।
सन २०११ मा फेरि हेब्डोले बिशेष अंक निकाल्यो। यस अंकमा पनि प्रोफेट मुहम्मदका व्यङ्ग्य चित्रहरु समावेश थिए।यसको विरुद्ध ठुलो विवाद भयो।साथै ईस्लामीक कट्टरपन्थीहरुले कार्यलयमा बम विस्फोट गराए जसले हेब्डोलाई ठुलो क्षेती पुग्यो तर कसैको पनि ज्यानलाई हानी भएन।यो हमाला पछि शार्ली हेब्डोले आफ्नो धर्म छोडेन,आफ्नो नियमित कार्यलाई जारी राख्यो। विवादित मुद्दाहरुमा आफ्नो स्पष्ट धारणा दिइनै रह्यो। २०१२ को July मा एउटा लघु चलचित्र YouTube मा आयो जसको नाम थियो Innocence of Muslims. यसमा मुहम्मदलाई लिएर केही आपत्तिजनक कुरा राखिएको भन्ने इस्लामिक कट्टरपन्थीको विरोध थियो। यसले गर्दा दक्षिण एसिया र मध्यपुर्वी देशहरुमा ठुलो हिंसात्मक विरोध भयो।मध्यपूर्वमा त अमेरिकी राजदुतावासमा पनि हमला भयो।
यसै पृष्ठभुमिलाई समेटेर शार्ली हेब्डोले पुन: September मा मुहम्मदको कार्टून छाप्यो। यसमा कुनै कार्टुन नग्न पनि थिए। नग्नताको कारण थियो की उक्त innocence of Muslims भन्ने भिडियोले मुस्लिम जगतमा उत्पन्न विवाद र हिंसालाई लिएर यी कार्टुन बनाइएका थिए।कार्टूनको पात्र त्यही थियो जो हिंसात्मक विवादको मुद्दा थियो।अमेरिकी राजदुतावासमा भएको हमालालाई मध्यनजर गरेर फ्रेञ्च सरकारले आफ्ना दुताबासमा संभावित आतङ्कलाई रोक्न हेब्डोलाई यस्ता प्रकाशन रोक्न आग्रह पनि गर्यो।तर हब्डो तर्फबाट जबाफ आयो,हामी अभिव्यक्ति स्वतन्त्रताको साथ र धार्मिक अतिवादी को विरुद्धमा उभिनेछौं।साथै तत्कालीन प्रमुख सम्पादक Stephane Charbonnier भनेका छन ” म गणतन्त्र फ्रान्सको कानुन र संविधानलाई मान्छु न की कुनै अफ्गानिस्तान,पाकिस्तान या साउदी अरबका मुल्लाको कानुनलाई ।”
७ January २०१५ मा दुई जना आतङ्ककारीले हतियारसहित शार्ली हेब्डोको पेरिस स्थित कार्यालयमा छिरेर अन्धाधुन्ध गोली प्रहार गरेर १२ जनाको हत्या गरे।मर्नेहरुमा सबै ११ जना पत्रकार थिए जसमा प्रमुख सम्पादक तथा वरिष्ठ व्यङ्ग्य चित्रकार Stephane Charbonnier पनि सम्मिलित थिए।यो हमाला आतङ्ककारी संगठनको अल्काइदाको यमन साखाले गराएको पुष्टि भयो।२०१५ पछि पनि फ्रान्समा थुप्रै आतङ्ककारी हमलाहरु भए र सयौ निर्दोषले ज्यान गुमाइसकेका छन।भर्खरै २०२० September १ र २ मा शार्ली हेब्डोले पुनः तिनै कार्टुनहरु छाप्यो। छाप्नु कारण थियो September २ तारिखबाट तिनै २०१५मा आतङ्कवादी मुद्दामा थुनिका थुनिएका १४ जना सहयोगीहरुको अदालती बहस सुरु हुने भएकाले।यसै वरिपरि २५सेप्टेम्बर २०२०मा पुरानो(अहिले शार्ली हेब्डोको नयाँ कार्यलय गोप्य छ) शार्ली हेब्डोको कार्यालय छेवैमा ६ जनाको चाकु आक्रमण गरी घाइते बनाएको कुरा सबैलाई ताजा नै छ। यसको प्रमुख आक्रमणकारी मा पाकिस्तानका एक २५बर्षिय युवक रहेको पुष्टि भएको छ।पाकिस्तान रहेका उनका बाबुको एक अन्तरवार्तामा छोराको यस कुकर्म प्रति गर्व रहेको भन्ने भनाइले अझ खल्लो महसुस हुन्छ।
१६|१०|२०२० मा खुलेआम रूपमा एक भुगोल तथा इतिहास का शिक्षक को घाँटी रेटी हत्या गरिन्छ।त्यो पनि अभिव्यक्ति स्वतन्त्रताको बारेमा पढाउँदा खेरी। यसमा पनि उही शार्ली हेब्डोको कार्टून कै प्रसङ्ग जोडिन्छ। शिक्षकले उद्धरणको रुपमा उक्त व्यङ्ग्य चित्रको प्रयोग गरेर विध्यार्थीलाई पढाउँदा उनले ज्यान गुमाएका छन्। उनलाई फ्रान्स सरकारले राष्ट्रिय सम्मान दिएको छ र राष्ट्रिय एकता पनि प्रस्तुत गरेको छ।फ्रान्समा रहेका मदरसा र मुस्केको सम्बन्धमा नयाँ कानुन पनि ल्याउने जानकारी दिइएको छ।साम्युल पाती समग्र देशकै शिक्षक भएर गए।राष्ट्रिय पुरुष बनेर गए।वास्तवमा अभिव्यक्ति स्वतन्त्रताको लागि जिवन दिएर गए।सबैले बुझ्नु के जरुरी छ भने मानवता भन्दा अर्को कुनै धर्म छैन। मेरो आग्रह 🙏🙏 प्रभुको काम प्रभुलाई नै छोडिदेउ,ईश्वरको काम ईश्वरलाई नै छोडिदेउ,अल्लाहको काम अल्लाहलाई नै छोडिदेउ,तिमी मात्र मान्छे हौ एक असल मान्छे भएर बाँच । जब सम्म शुन्य भईंदैन तव सम्म केही बुझिन्नँ।* (हार्दिक श्रद्धान्जली स्यामुएल पाती)*
प्रकाशित | १५ कार्तिक २०७७, शनिबार १३:४६