प्रधानमन्त्री ओलीको विरुद्धमा लागे प्रचण्डलाई सवैभन्दा ठूलो क्षती हुने महेश बस्नेतको चेतावनी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले माधव कुमार नेपाल र प्रचण्डले प्रधानमन्त्रीको विरुद्धमा एकताका साथ अभियान चलाउन नसक्ने दावी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओलीको विरुद्धमा लागे प्रचण्डलाई सवैभन्दा ठूलो क्षती पुग्नेसमेत चेतावनी दिनुभएको छ ।

सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा संसदिय दलमा प्रधानमन्त्री ओली बहुमतमा हुनुभएको दावी गर्दै सांसद बस्नेतले अबको महाधिवेशनमा प्रधानमन्त्री केपी ओलीको सहानुभुति जसमा भयो उ नै अवको पार्टीका अध्यक्ष बन्ने समेत उल्लेख गर्नुभयो ।

प्राइम टेलिभिजनमा एक अन्तरवार्ता दिँदै सांसद बस्नेतले भन्नुभयो, ‘हामीले पार्टीको कुनै पनि संगठनमा जिम्मेवारी अंगाल्दा पार्टी भित्र व्यक्तिगत हितलाई पार्टी, संगठन र देशको हितमा राख्छु भन्ने नेतृत्वले सपथमा नै प्रतिवद्धता गरेकाले व्यक्तिगत हितका कुरा गर्ने नै हो भने पार्टीका प्रवक्ताबाट राजिनामा दिनुपर्छ, तबमात्र उहाँले आफ्नो व्यक्तिगत धारणा राख्न पाउनुहुन्छ । नत्र भने उहाँको धारणा पार्टीको हुन्छ । त्यसैले उहाँले प्रधानमन्त्री विरुद्धको अभिव्यक्ति दिनु गैरजिम्मेवारीपन हो ।’


प्रकाशित | १५ कार्तिक २०७७, शनिबार १२:३०