रणवीर कपुरलाई फिल्म ‘सञ्जु’ का लागि सर्व श्रेष्ठ अभिनेताको पुरस्कार

मुम्बई -फिल्म फेयर अवार्ड– २०१९ मा रणवीर कपुरलाई फिल्म ‘सञ्जु’ का लागि सर्व श्रेष्ठ अभिनेताको पुरस्कार प्रदान गरिएको छ। आलिया भट्टलाई फिल्म ‘राजी’ का लागि सर्व श्रेष्ठ अभिनेत्रीको पुरस्कार दिइयो। फिल्म राजीबाटै मेघना गुलजार सर्व श्रेष्ठ निर्देशक भए।

आलियाले भनिन्, ‘विक्की तिमीबिना यो फिल्म अधुरो हुन्थ्यो।’ भट्टले यसपछि करण जौहरलाई धन्यवाद दिइन्। पपुलर च्वाइसको बेस्ट फिल्मका लागि पनि फिल्म राजीलाई नै पुरस्कृत गरियो। बेस्ट एक्टर ९क्रिटिक्स० को पुरस्कार आयुष्मान खुरानालाई फिल्म ‘बधाई हो’ र रणवीर सिंहलाई फिल्म पद्मावतका लागि दिइयो।

सर्वश्रेष्ठ सहायक अभिनेत्री क्रिटिक्सको पुरस्कार नीना गुप्तालाई फिल्म ‘बधाई हो’ बाट दिइयो। बेस्ट सपोर्टिङ एक्टर महिला सुरेखा सिकरीलाई बधाई होबाट दिइयो भने बेस्ट एक्टर सपोर्टिङ अभिनेता विक्की कौशल ९सञ्जु० र गजराज रावलाई बधाई होका लागि दिइयो। हेमा मालिनीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइयो। हेमा मालिनीलाई फिल्म उद्योगमा ५० वर्ष पूरा गरेको उपलक्ष्यमा अवार्ड प्रदान गरिएको हो।


प्रकाशित | १२ चैत्र २०७५, मंगलवार २१:४२