काठमाडौं : १९ चैतमा नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल हेलले खानेपानीमन्त्री विना मगरलाई भेटे । उनीहरूबीच खानेपानी प्रशोधनरउत्पादन र बजारीकरणका विषयमा छलफल भयो । राजदूत हेलले नेपालको खानेपानी कतार लैजान सकिने बताएका थिए । नयाँ पत्रिका दैनिक लेख्छ, उनले नेपालको पानी सफा र स्वच्छ भएकाले कतार राम्रो बजार बन्न सक्ने बताएका थिए । हामीलाई तेल र ग्यासको अभाव छैन, तर शुद्ध पिउने पानीको अभाव छ ।
त्यसैले नेपालको पानी कतार लैजान दुई देशबीच सहमति गर्न आवश्यक छ,’ उनले भनेका थिए । राजदूत हेलसँगको भेटपछि खानेपानी निर्यातका विषयमा मन्त्री मगर उत्साहित भइन् । उनले खानेपानी विभागलाई सम्भावित स्थान पहिचान गर्न निर्देशन दिइन् ।
प्रकाशित | ७ बैशाख २०७६, शनिबार ०८:४२