जहाँ दुलहीलाई दाइजोमा विषालु सर्प दिइन्छ

काठमाडौं : विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ ।

सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता छ । भनिन्छ केटीको विवाह पक्का भएपछि उसको परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन् । यस समुदायका बच्चाहरु सर्पदेखि डराउँदैनन् । बरु सर्पसँगै खेलिरहेका देखिन्छन् । खासगरी यो समुदायको पेशा सर्प समात्ने हो । यी समुदायका मान्छेहरु अरुलाई सर्प देखाएर पैसा कमाउँछन् । यो सामग्री नागरिक पत्रिकामा प्रकाशित छ ।


प्रकाशित | ७ बैशाख २०७६, शनिबार ०८:०७