राष्ट्रपति भण्डारीले नवनिर्मित काष्ठमण्डपको उद्घाट्न गर्दै

काठमाडौँ । भूकम्पले ध्वस्त भएको काठमाडौँको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पूरा भएको छ । आज (सोमबार) दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित काष्ठमण्डपको उद्घाट्न गर्नुहुने भएको छ। मरुसत्तलको रुपमा पनि चिनिने काष्ठमण्डपकोबीच भागमा गोरखनाथ र चार कुनामा गणेशका नयाँ मूर्ति राखेर पुनर्निर्माण गरिएको छ ।

भूकम्पले पुराना मूर्तिहरु टुटफुट भएकाले नयाँ मूर्ति बनाइएको छ । तर नयाँ मूर्ति राख्न लागिएको विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले गत माघ ३ गते नयाँ मूर्ति राख्ने काम तत्काल रोक्न अन्तरिम आदेश दिएको थियो । उक्त मुद्धाको किनारा नलागेकाले पुनर्निर्माण सम्पन्न भएपनि पुनर्निर्माण पक्षले उद्घाट्न नभनी लोकार्पण भनेको बुझिएको छ ।

काष्ठमण्डप पुनर्निर्माण गर्न काठमाडौँ महानगरले ११ करोड ५० लाख रुपैयाँ अनुदान दिएको थियो ।


प्रकाशित | २१ चैत्र २०७८, सोमबार ११:०३