ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशनको उद्घाटन पूर्व प्रधानमन्त्री दाहालले गर्ने

गोरखा: ग्लोबल गोरखा समाजको तेस्रो अधिवेशन गृह जिल्ला गोरखामा हुँदैछ । यही कार्तिक ४ गते शुक्रबार हुने समाजको अधिवेशन गोरखा नगरपालिका स्थित होटल मिराकलमा हुने भएको हो ।

करिब २९ देशमा छरिरहेका गोरखालीहरुको प्रतिनिधित्व भएको संस्थाको तेस्रो अधिवेशनको ऊद्घाटन नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्नु हुने तय भएको छ ।

सन २०१६ मा जय प्रकाश गुरुङ संस्थापक अध्यक्ष रहनु भएको समाजको दोस्रो कार्यकालको अध्यक्ष विनय अधिकारी रहनु भएको छ।

समाजको तेस्रो अधिवेशनमा पूर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई, पूर्व उप–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका वरिष्ठ ऊपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राष्ट्रिय सभाका निवर्तमान प्रमुख प्रतिपक्ष दलका नेता नेकाका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, राष्ट्रिय सभा सदस्य नेककी नेतृ कमला पन्त, ग्लोबल गोरखा समाजका प्रमुख संरक्षक भवन भट्ट , गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष तथा ग्लोबल गोरखा समाजका संरक्षक कुमार पन्त,गैर आवासीय नेपाली संघका संरक्षक तथा ग्लोबल गोरखा समाजका संरक्षक रामप्रताप थापा, गैर आवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापासहित गैर आवासीय नेपाली संघका पदाधिकारी , गैर आवासीय नेपाली संघका उपाध्यक्ष तथा संस्थापक अध्यक्ष हालका संरक्षक जय प्रकाश गुरुङ, समाजका संरक्षक हरिहर अर्याल, जिल्लाबाट प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय व्यवसायीको छवि बनान सफल नेपाली काग्रेसका युवा नेता राजेन्द्र बजगाँई,नेकपा एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत ,वरिष्ठ पत्रकार राजेन्द्र बाँनिया, टिकाराम यात्री लगायत विभिन्न क्षेत्रमा उत्कृष्ठ योगदान पुर्याउँदै आउनु भएका गोरखालीहरु विशेष अतिथिको भुमिकामा रहने समाजले जनाएको छ।

समाजले नेपाली समय २ बजेलाई तय गरेको कार्यक्रम बिहान ९ः३० बजेलाई निर्धारण गर्नुका साथै अतिथिहरुलाई निर्धारित समय अनुसार उपस्थित हुन अनुरोध गरिएको छ।

तेस्रो अधिवेशन उद्घाटन समारोहमा गोरखा जिल्ला भित्रबाट विभिन्न राजनितिक दलको केन्द्रीय तह, प्रदेश तह, जिल्ला तहको नेतृत्व गर्ने र आसन्न मंसिर ४ को आम निर्वाचनमा विभिन्न दलबाट प्रतिनिधि सभा, प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्नु भएका साथै जिल्ला समन्वय समिति गोरखा र स्थानिय तहका वर्तमान नेतृत्व, निवर्तमान नेतृत्व, गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्दै विभिन्न पेशा, व्यवसायमा ऊत्कृष्ठ परिचय बनाऊनु भएका सम्पुर्ण व्यक्तीहरुलाई उपस्थिति गराउने गरी निमन्त्रणा गरिएको जनाइएको छ ।


प्रकाशित | ३१ आश्विन २०७९, सोमबार २०:०९