निर्देशक घिमिरेको ‘सम्झिएर जिन्दगी’ गीत रिलीज

काठमाडौँ । मदन घिमिरेको निर्देशनमा रहेको ‘सम्झिएर जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको गीतमा नायक राजेश हमाल र नायीका पुष्पा लिम्बको अभिनय रहेको छ ।

उक्त सार्वजनिक गीतमा सपना पुनको शब्द तथा देबकुमार चौधरीको संगीत रहेको छ । डम्बर राईको छायाँकन रहेको भिडियोलाई अशोक राईले एरेन्ज गरेका हुन ।

दर्जनौं चलचित्र, म्युजिक भिडियोको सफलतापूर्वक निर्देशन गरिसकेका घिमिरेले चलचित्र क्षेत्रसँगै आफ्नो दैनिकी सामाजिक क्षेत्रमा समेत समर्पित गरिरहेका छन । लाखौं दर्शक तथा नेपालीको मन जित्न सफल भएका निर्देशक घिमिरेले समाजमा रहेका विकृति तथा विसंगतिको विरुद्धमा शसक्त रुपमा लागेका छन ।


प्रकाशित | ५ कार्तिक २०७७, बुधबार १९:३८