मौसम अझै दुई दिन बदली : यस्तो छ शनिबार र आइतबारसम्मको मौसम पूर्वानुमान

काठमाडौं: मौसम अझै दुई दिन बदली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै दुई दिन मौसम बदली हुने देखिन्छ । यस्तो छ शनिबार र आइतबारबारको मौसम पूर्वानुमान;

बैशाख ७ गते (शनिबार) दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। रातिसम्म देशको पहाडी भेगमा आंशिक बदली र अन्य भू-भागमा सामान्यतया सफा रहनेछ। पहाडी भेगका एक वा दुई स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

बैशाख ८ गते (आइतबार) दिउँसोः देशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ । राति देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ।


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार १८:४५