चिनियाँ सरकार नेपाल कोराना भाइरसको संक्रमणबाट मुक्त रहेको हेर्न चाहन्छ: राजदूत यान्छी

काठमाडौं:  चीनका राजदूत हाउ यान्छीले नेपाल कोराना भाइरस संक्रमितको संख्या शून्य रहने आशा ब्यक्त गर्नुभएको छ ।
रेडियो नेपालसँगको विशेष अन्तरवार्तामा राजदूत यान्छीले नेपालमा कोरोना भाइरस शून्य रहने आशा ब्यक्त गर्नुभएको हो ।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि जस्तो सुकै सहयोग पनि गर्न तयार रहेको बताउनु भयो ।

राजदूत यान्छीेले चीनमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुने ५० हजार जनताको सफल उपचार पछी घर फर्की सकेको जानकारी गराउनुहुँदै कोरोना भाइरसको संक्रमणको नियन्त्रण र रोकथाममा जनताले सर्वप्रथम सरकार माथी विश्वास गर्नु पर्ने बताउनुभयो । राजदूत यान्छीले नेपाल सरकारले संक्रमणबाट जोगिन धेरै महत्वपूर्ण कदमहरु चालिरहेको समेत बताउनुभयो ।


प्रकाशित | २३ फाल्गुन २०७६, शुक्रबार १६:४९