मुक्तिनाथ विकास बैंक र नेपाल रेमिटबीच सहकार्य

काठमाडौं : मुक्तिनाथ विकास बैंकर नेपाल रेमिटबीच सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम नेपाल रेमिटमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र नेपाल रेमिटका तर्फबाट नेपाल रेमिटका प्रबन्ध निर्देशक सुमित मित्तलले हस्ताक्षर गरेको बैंकले जनाएको छ । यस सुविधाबाट बैंकका सेवाग्राहीहरूलाई थप लाभ हुने अपेक्षा गरिएको पनि मुक्तिनाथ विकास बैंकले जनायो ।


प्रकाशित | ५ कार्तिक २०७६, मंगलवार ११:०७