उपत्यकामा १ हजार ७४६ सहित ३ हजार १६७ कोरोना संक्रमित थपिए, १२ को मृत्यृ

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ३ हजार १६७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ८०० जनाले कोरोना जितेका छन् । योसँगै कोरोना जित्नेको संख्या हालसम्म ८९ हजार ८४० पुगेको छ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार शनिबार काठमाडौंमा १ हजार ४ सय ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको हो । आज देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।


प्रकाशित | १ कार्तिक २०७७, शनिबार १६:४४