देशका विभिन्न ठाउँमा हावाहुरीसहित असिना पानी

काठमाडौं: उपत्यकासहित मुलुकका विभिन्न ठाउँमा हावाहुरीसहित असिना पानी परेको छ ।  अहिले देशका विभिन्न ठाउँमा हावाहुरीसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडि भेगका थोरै स्थानहरुमा अपरान्ह पछि वा साँझतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ। यस्तै महाशाखाले जनाए अनुसार आगामी आइतबार सम्मनै देशको पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने र पश्चिमी पहाडी भेगका एक वा दुई स्थान लगायत पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको जनाएको छ।


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार १८:२७