राजनीतिक स्थिरता र दिगो शान्ति नै समृद्धिको पहिलो सर्त : डोरमणी पौडेल, मुख्यमन्त्री

डोरमणी पौडेल, मुख्यमन्त्री, बागमती प्रदेश

नेपाल प्रहरीको विधिवत स्थापना भएको दिनको अवसरमा आज हामी ६५ औं प्रहरी दिवस मनाउदैं छौं । प्रहरी दिवसको विशेष अवसरमा देश र जनताको सुरक्षा, शान्ति तथा अमनचयनका लागि अथक क्रियाशिल नेपाल प्रहरीका सम्पुर्ण अधिकृत तथा जवानहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना ब्यक्त गर्दछु । कर्तब्य पुरा गर्ने शिलशिलामा अमर हुनुभएका शहिदहरुप्रति हार्दिक श्रदाञ्जली ब्यक्त गर्दै उहाँहरुको योगदानलाई स्मरण गर्न चाहान्छु । घाईते तथा अंगभङग हुनुभएका सुरक्षाकर्मिको शिघ्रस्वास्थ्य लाभको कामना गर्दछु ।

लामो समय पश्चात देशमा राजनीतिक स्थिरता प्राप्त भएको छ । संविधान निर्माण संगै अधिकार प्राप्तिको आन्दोलन समापन भएपश्चात देश “समृद्ध नेपाल, सुखी नेपाली”को संकल्प पुरा गर्ने मार्गचित्रमा अघि बढेको छ । राजनीतिक स्थिरता र दिगो शान्ति नै समृद्धिको पहिलो सर्त हो । देशमा अस्थिरता निम्त्याउने तथा समाजिक अमनचयनलाई खल्बल्याउन चाहाने तत्वहरुको पहिचान गरी त्यसलाई निरुत्साहित गर्न सक्दा नागरिकमा विश्वासको वातावरण सिर्जना हुन्छ । शान्त एवम् निर्भिक वातावरणमा मात्र समृद्धिले गति लिन सक्दछन् ।

त्यसो त अपराध नियन्त्रण र अनुसन्धानबाट समाजमा शान्ति, अमनचयन र सुरक्षाको प्रत्याभुति दिलाउन नेपाल प्रहरीले निर्वाह गरेको भुमिका आँफैमा प्रशंसनीय छ । विषम् परिस्थितिहरुमा समेत प्रहरी संगठनले निर्वाह गरेको चुनौतिपुर्ण जिम्मेवारीहरुले समाजमा नेपाल प्रहरीप्रति आशा र भरोसा बढेको छ । मुलुकलाई सङकट परेको बेलामा भुकम्प, महामारि, बाढि पहिरो लगाएत प्राकृतिक प्रकोप तथा दुघर्टनामा उद्धार लगाएत अन्य मानवीय सहायताका कार्यहरु, गम्भिर अपराध अनुसन्धानमा प्रहरीले प्राप्त गरेको सफलता, पछिल्लो समय कोरोना महामारिको विरुद्ध फ्रन्टलाईनमा प्रहरीले निर्वाह गरेको भुमिकाबाट स्पष्ट हुन्छ कि सिमित श्रोत र साधनवीच नेपाल प्रहरी आर्जनले गरेको विश्वास यसको ब्यवसायिकता, देश र जनताप्रतिको जिम्मेवारीबोध र उत्तरदायित्वको भावनाबाट निर्दैशित हुनुको प्रतिफल हो ।

यति हुदाँहुँदै पनि कतिपय घटनाहरुको सन्दर्भमा प्रहरीको भुमिका र ब्यवसायिकता प्रति प्रश्न उठ्ने गरेका छन् । नागरिक समाजबाट उठ्ने गरेका यस्ता प्रश्नहरुलाई प्रहरी संगठनले आफुलाई सुधार्ने, सिक्ने र बुझ्ने अवसरकारुपमा लिनुपर्दछ । यसका लागि प्रहरी साँच्चिकै जनताका रक्षक हुन् भन्ने अनुभुति हुने गरी काम गर्न जरुरी छ । प्रहरि प्रतिको विश्वास र जन अपेक्षाकै कसीमा यसप्रतिको आलोचना वा टिकाटिप्पणीलाई ग्रहण गर्न सक्दा आगामि दिनमा थप सचेतता सहित प्रभावकारि ढंगले कार्यसम्पादन गर्न सकिन्छ । यसतर्फ म यहाँहरुको ध्यानाकर्षण गर्न चाहान्छु, किनकी नेपाल प्रहरीको समग्र ब्यवहार, आचरण र कार्यसम्पादन नै अन्ततः मुल्याङकनका मानक हुन् । यसबाट नै नेपाल प्रहरीले आफ्नो अब्बलता प्रमाणित गर्न सक्दछ । गर्दै आएको छ ।

यसका लागि कार्यसम्पादनकोक्रममा विषयको गहिराई एवम् संवेदनशिलतालाई गम्भिरतापुर्वक आत्मसात गर्नुपर्दछ । संगठित एवम् जघन्य अपराध, महिला तथा बालबालिकामाथि हुने अमानवीय कार्यप्रति शुन्य सहनशिलता अपनाउनु जरुरी छ । पछिल्लो समय महिला तथा बालबालिकाहरु माथि भईरहेको दुब्र्यवहार, हिंसा तथा बलात्कारका घटनाहरुलाई गम्भिरतापुर्वक लिदैं अपराधिलाई कानुनी कठघरामा ल्याउन सशक्त ढंगबाट प्रस्तुत हुन आग्रह गर्दछु । साथै, विभिन्न क्षेत्रमा रहेका अपराध नियन्त्रण लगायत गैरकानुनी क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा निकायहरुसंगको समन्वय र सहकार्यलाई अझै व्यवस्थित बनाउनु आवश्यक छ । ब्यवसायिकता, अनुशासन, ईमान्दारिता तथा कर्तब्यपरायणता नै नेपाल प्रहरीको पहिचान हो । यसबाट नै प्रहरीले आफुप्रति तेर्सिएका प्रश्नहरुको जवाफ दिन सक्दछ ।

त्यसो प्रहरी बर्दि सहितको सुरक्षाकर्मि हुन् भने नागरिक बर्दि बिनाको सुरक्षाकर्मि हुन् । यसर्थ नागरिक प्रहरीको साझेदारी र समन्वयमा समाजमा अपराधिक गतिविधिको नियन्त्रण तथा अनुसन्धानमा थप सफलता हासिल गर्न सकिन्छ । आगामि दिनमा नागरिक प्रहरी साझेदारीका लागि विविध प्रयत्न भएता पनि अपेक्षाकृत उपलब्धि हासिल हुन नसक्नुको कारणहरु खोजि गर्नुपर्छ र त्यस अनुसार आगामि कार्ययोजना तयार गरी अघि बढ्नु आवश्यक छ ।

त्यसैगरी प्रहरि संगठनको ब्यवसायिकता अभिवृद्धि, श्रोत र साधनको ब्यवस्थापन र समुचित उपयोग, कार्यसम्पादनको अवस्था अनुसार प्रोत्साहन र दण्डको ब्यवस्था गर्दै बदलिदोँ सुरक्षा चुनौति सामना गर्न तयारी अवस्था रहनुपर्दछ । यसका लागि अपराध अनुसन्धानमा नविनतम् प्रविधिको उपयोग, आवश्यक भौतिक पुर्वाधारको विकास, सुरक्षा निकायहरुवीच समन्वय, स्थानिय तह संग सहकार्य लगाएतका विषयमा बागमित प्रदेश सरकारले विशेष जोड दिएको छ ।

यतिबेला विश्वब्यापि फैलिएको कोरोना महामारिले विगतको भन्दा फरक र अनपेक्षित अवस्था सिर्जना भएको छ । जसले गर्दा हिजोका दिनमा प्रहरी संगठनले निर्वाह गरेको भुमिकालाई फरक ढंगले आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्डलाई ख्याल गर्दै पुरा गर्नुपर्ने भएको छ भने नागरिकलाई समेत महामारिको विरुद्ध जुध्न विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तय गरेको सुरक्षात्मक उपायहरु अवलम्बन गर्न तथा गराउन प्रहरीले भुमिका निर्वाह गर्नुपरेको छ । यससन्दर्भमा नेपाल प्रहरीले निर्वाह गरेको भुमिकाको कारण कोरोना महामारि नियन्त्रणमा महत्वपुर्ण योगदान पुगेको महसुस गरेको छु । कोरोना महामारिले सिर्जना गरेको बहुआयामिक चुनौति सामना गर्न नेपाल प्रहरीको थप तदारुकता र क्रृयाशिलताको आवश्यकता महसुस गरेको छु ।

अन्त्यमा, प्रहरी दिवसको अवसरमा पुनः अमर शहिदहरुप्रति हार्दिक श्रदाञ्जली तथा उहाँहरुको परिवारजनमा सम्मान ब्यक्त गर्दछु । साथै, देश र जनताको हितको लागि थप प्रभावकारिरुपमा कार्यसम्पादन गर्न ६५ औं प्रहरी दिवसले थप प्रेरणा दिने विश्वास सहित पुनः यहाँहरु सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

प्रहरी दिवसको कार्यक्रममा मुख्यमन्त्री पौैडेलले ब्यक्त गर्नुभएको विचार


प्रकाशित | ३० आश्विन २०७७, शुक्रबार १५:४४