उपत्यकामा २ हजार १२९ सहित ३ हजार ५५६ कोरोना संक्रमीत थपिए, १८ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कूल संख्या १ लाख १५ हजार ३५८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ५०३ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ७८ हजार २७७ पुगेको छ। हाल देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २ हजार १२९ संक्रमित थपिएका छन् । काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६६३ पुगेको छ।


प्रकाशित | २७ आश्विन २०७७, मंगलवार १६:३३