हावाहुरी प्रभावीतलाई गण्डकी प्रदेश सरकारको १ करोड

पोखरा: बारा र पर्सा जिल्लामा हावाहुरी प्रभावीतलाई गण्डकी प्रदेश सरकारले १ करोड सहयोग गर्ने भएको छ । गण्डकी सरकारको बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले बारा पर्साका हावाहुरीपीडित जनताको आवास निर्माणको लागि एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको विपत व्यवस्थापन कोषबाट उक्त एक करोड रुपैयाँ सहयोग गर्न बिहीबारको मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको थियो। मन्त्रिपरिषदमा पेश गरिएको प्रस्तावअनुसार १ करोड दिने निर्णय भएको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार २०:१८