आन्दोलनको तयारीमा लाग्न विद्यार्थीहरुलाई सभापति देउवाको आह्रवान

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विद्यार्थीहरुलाई आन्दोलनको तयारी गर्न आह्रवान गर्नुभएको छ । काग्रेस सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पनि पार्टीमा आवद्ध नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले बालिका निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेको आरोप पनि लगाउनुभयो ।

सभापति देउवाले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै गर्ने आश्वासन पनि दिनुभयो । उहाँले नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्नेरनगर्ने निर्णय नेविसंघकै नेताहरुको परामर्शको आधारमा निर्णय लिने पनि स्पष्ट पार्नुभयो । नेविसंघको नेतृत्वको चयनमा अन्याय नगर्ने सभापति देउवाको प्रतिवद्धता छ ।


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार १६:०४